सप्तरीमा ट्रक दुर्घटना: दुईको मृत्यु, एक घाइते

राजविराज । सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिमा आज (आइतवार) बिहान ट्रक दुर्घटना भएको छ । दुर्घटनामा दुईजनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।  

मृत्यु हुनेहरूमा ट्रकमा सवार बारा निजगढ नगरपालिका– ८ का २५ वर्षीय भरत तामाङ र उदयपुरका २१ वर्षीय अशोक लामा रहेको प्रहरी नायब उपरीक्षक भावेश रिमालले बताए । 

उनीहरुको घट्नास्थलमै मृत्यु भएको र ट्रक चालक बारा जिल्ला निजगढ नगरपालिका– ८ का २१ वर्षीय सौरभ लामा घाइते भएकाले उनको ठेलियास्थित धर्मेश्वर अस्पतालमा उपचार भइरहेको उहाँले जानकारी दिए । 

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ५ ख १६५१ नं को मैदा पिठो बोकेको ट्रक पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिमा अनियन्त्रित भई रुखमा ठोकिएको थियो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?