अर्घाखाँची । शुक्रवार अर्घाखाँचीको सन्धिखर्क नगरपालिकामा पाँच वर्षीय बालिकालाई आफ्नौ हजुरबुबाले बलात्कार गरेका छन् ।
सन्धिखर्क नगरपालिकामा ११ डिभर्ना अमिले निवासी ६५ वर्षीय हजुरबुबाले आफ्नै पाँच वर्षीया नातिनीलाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका छन् ।
प्रहरी नायव उपरीक्षक नवराज मल्लका अनुसार आफ्नौ नातिनी जबरजस्ती करणी गरेको आरोपमा हजुरबुबालाई पक्राउ गरिएको हो । जबरजस्ती करणी
को बारेमा आमालाई बालिकाले बताएपछि आमाले प्रहरीलाई जानकारी दिएकी थिइन् । जानकारी पाउनासाथ तत्काल प्रहरी अधिकृतसहितको टोलीले हजुरबुबालाई पक्राउ गरेको उपरीक्षक मल्लले जानकारी दिए ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया