काठमाडौं– काँग्रेस प्रभावशाली नेता गगन थापा केही पहिले आफूले बाख्रा पालन गरेको नुवाकोटको सुनखानी पुगेका छन् ।
आज नुवाकोटको राउतबेसी जाने क्रममा उनी सुनखानी पुगेका हुन् ।
त्यहाँ पुगेर उनले केही समूहले गलत आरोप लगाएको प्रति कटाक्ष गरेका छन् । ‘आज नुवाकोटको राउतबेसी जाने क्रममा सुनखानीमा मैले कुनै समय बाख्रापालन गरेको ठाउँमा पुग्ने अवसर जुर्यो’ उनले भनेका छन्, ‘केही महानुभावहरूका अनुसार मैले सरकारी कोषबाट यही ठाउँ देखाएर १४ करोड हिनामिना गरेको हुँ रे।’
उनले आफूमाथि लागेको यो आरोपको छानबिन गर्न चुनौति पनि दिएका छन् ।
उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘ सरकारबाट ममाथि लागेको यो आरोपको छानबिन गरी 'खसी' सार्वजनिक गर्दिने विश्वास लिएको छु ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया