भेरी नदीमा बस खस्यो, ३ को मृत्यु

काठमाडौं – नेपालगन्जबाट रुकुमको राडीबजारतर्फ जाँदै गरेको बस बिहिबार भेरी नदीमा खसेको छ । साँझ ७ बजेतिर भे १ ख १३२९ को बस खलंगा–रिम्ना सडक खण्डको भेरी नगरपालिका १, पिपेगाउँ भन्दा दुई किलोमिटर अगाडि भेरी नदीमा खसेको हो ।

बसमा सवार यात्रुमध्ये ३ तीन जनाको मृत्यु भएको र ५ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

बसमा एक दर्जन यात्रु रहेको अनुमान गरिएको छ ।बस सडकबाट करिब दुई सय मिटर तल  भेरीमा खसेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?