फागुन २ गतेका १८ ट्रेन्डिङ समाचार, दुनियाँमा दिनभर के भयो एक क्लिकमा थाहा पाउनुहोस्

WWW.LOKPATH.COM  अनलाईन न्यूज पोर्टलमा तपाईंलाई हार्दिक स्वागत छ ।

आज मिति २०७५ साल फागुन २ गते देश दुनियाँमा के–के घटना भए ? जान्नको लागि तलको लिंकमा क्लिक गर्नुहोस् र ५ मिनेटमा थाहा पाउनुहोस् देशभर भएका घटनाहरुमध्ये ट्रेन्डिङमा रहेको १८ घटनाहरु । यूट्युवमा गएर LOKPATH TV टाईप गरी हाम्रा सम्पूर्ण समाचार मूलक, जानकारी मूलक मनोरञ्जनात्मक भिडियोहरु हेर्न सक्नुहुन्छ । अन्तमा LOKPATH TV लाई सब्स्क्राईब गर्न नबिर्सनुहोस् । 

 

1. सेतो प्लाष्टिकको बोरामा फेला पार्यो १८ किलो सुन : कञ्चनपुरको पुनर्बास नगरपालिका २, दशरथबस्तीबाट प्रहरीले बिहीवार दिउँसो १८ किलो सुन बरामद गरेको छ । निर्मला बलात्कारपछि हत्या प्रकरणको अनुसन्धान गरिरहेको प्रहरीको टोलीले सुनबारे सुराक पाएको थियो । एसपी गिरी र डीएसपी कुँवरको टोलीले सुनबारे सुराक पाएको शंकास्पल घरमा छापा मारेको थियो । 

 

 

2. नेपाली सेनाका पाँच सहायकरथी उपरथीमा बढुवा :  सेनाली सेनाका पाँच सहायक रथी उपरथीमा बढुवा भएका छन् । उपरथी दर्जामा पदोन्नती भएका पाँच जना सहायक रथीहरुमा बालकृष्ण कार्की, सरोज प्रताप राणा, अनन्त कार्की, सिताराम खड्का र ताराध्वज पाण्डे रहेका छन् ।

 

3. विधान विवादमा पछि हटे देउवा :  प्रतिनिधि बन्ने प्रावधान राखेर विधान पारित गरिए फरक मत लेख्ने संस्थापनइतरको चेतावनीपछि कांग्रेस सभापति शेरबहादुर देउवा पछि हटेका छन् । केन्द्रीय कार्यसमितिको बुधबारको बैठकमा बहुमतबाट विधान पारित गराउन तम्सेका उनी आफ्नै समूहले विवाद नबढाउन दबाब दिएपछि हच्किएका हुन् ।

 

 

4. औद्योगिक क्षेत्र व्यवस्थापनको महाप्रबन्धकमा सुवास सिटौला नियुक्त : सरकारले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको महाप्रबन्धक पदमा सुवास सिटौलालाई नियुक्त गरेको छ । 
गत माघ २५ गते बसेको मन्त्रपिरिषद्को बैठकले औद्योगिक क्षेत्र व्यवस्थापनको महाप्रबन्धक पदमा सिटौलाई नियुक्त गरेको हो । 

 

 

5. गुलाब बेचेरै दश लाख आम्दानी, चितवनका किसान दंग :  पश्चिमा संस्कृति भए पनि पछिल्लो समय नेपालमा प्रणय दिवस ’भ्यालेनटाइन डे’ मनाउने प्रचलन बढ्दै गएको छ । प्रणय दिवसमा गुलाबको फूलको माग बढ्दो छ । प्रणय दिवसमा बढी प्रयोग हुने गुलाब नेपालमा भने निकै कम उत्पादन हुने गरेको छ । 

 

 

6. प्रधानमन्त्रीको कटाक्षः पानी जहाजको टिकट कहिले पाइन्छ भनेर जिस्काउनु होला नी !  : प्रधानमन्त्री केपी शर्मा ओलीले देश एक कदम अगाडी बढेको र पानी जहाजको युगमा प्रवेश गरेको बताएका छन् । बिहीवार बिहान ललितपुरको एकान्तकुनामा नेपाल पानी जहाज कार्यालयको उद्घाटन गर्दै प्रधानमन्त्री ओली सो कुरा बताएका हुन् । 

 

 

7. दुई चार तले होइन, हजार तले घर बनाए पनि थाम्छ – प्रधानमन्त्री ओली : प्रधानमन्त्री केपी शर्मा ओलीले एक वर्षमा इतिहासमै नभएको काम भएको बताएका छन् । बिहीवार जनताको जलविद्युत कार्यक्रमको शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले भने, ‘यो एक वर्षमा इतिहासमा कहिल्यै नभएको उपलब्धी भएको छ ।’

 

 

8. व्यापार घाटा सन्तुलन गर्दै निर्यात प्रवद्र्धनमा जोड दिनुपर्छ- राष्ट्रपति भण्डारी :  राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकमा चुलिएको व्यापार घाटालाई सन्तुलन गर्दै निर्यात प्रवद्र्धन गर्नुपर्ने बताएकी छिन् ।  सङ्घीय नेपाल, लगानी र समृद्धिको अवसर’ भन्ने नाराका साथ नेपाल उद्योग परिसङ्घ, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र अर्थ मन्त्रालयको संयुक्त आयोजनामा आज शुरु भएको पहिलो ‘नेपाल उद्यमशीलता सम्मेलन–२०१९’ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले नेपालमा उद्यमशीलताका लागि युवा जनशक्तिलाई उत्प्रेरित गर्न, लगानीमैत्री वातावरण सिर्जना गर्न र सरकारी सेवालाई संस्थागत र सरलीकरण एवं सुदृढ गर्न व्यावसायिक शिक्षा र तालीमको व्यवस्था गरी उद्यमशीलताबारे राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रियस्तरमा अनुभव आदानप्रदान गर्नुपर्नेमा जोड दिइन् । 

 

 

9. तनावका कारण नशालु पदार्थ प्रयोगकर्ता किशोर किशोरीको संख्या उच्च :  बेलायतका ६० हजार भन्दा बढी किशोर किशोरीहरु मानसिक तनावका कारण नशालु पदार्थ प्रयोग गर्ने गरेको पाइएको छ । बुधवार सार्वजनिक भएको एक अध्ययन प्रतिवेदनमा तनाव र आत्महत्याको खतरा बढ्दै गएपछि उनीहरुले नशालु पदार्थहरु सेवन गर्ने गरेको पाइएको उल्लेख छ । 

 

10. अख्तियारका आयुक्त पाठकले राजीनामा नदिए महाअभियोग लगाउने नेकपाको तयारी :  सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकलाई महाअभियोग लगाउने तयारी गरेको छ । घुसकाण्डमा मुछिएका आयुक्त पाठकले राजीनामा नदिए महाअभियोग लगाइने नेकपा (नेकपा) का नेताहरुले बताएका हुन् ।

 

 

11. तस्वीरमा हेर्नुहोस् नगरकोटको मनमोहक दृश्य :  काठमाडौं उपत्यका नजिकै रहेको रमणीय स्थल हो, नगरकोट ।समुद्री सतहदेखि २ हजार ७५ मिटर उचाइमा रहेको नगरकोट प्रकृतिक रुपमा निकै सुन्दर र आकर्षित छ । 

 

 

12. काँग्रेसले नेविसंघको तदर्थ समिति गठन गर्न सकेन :  नेपाली कांग्रेसले नेविसंघको तदर्थ समिति गठन गर्न ढिलाई गरेको छ । तदर्थ समिति कसरी बनाउने भन्नेबारे नेताहरुबीच मतभेद रहेकाले ढिलाई भएको बताइएको छ । नेविसंघको एक समूहले ३२ वर्ष उमेर हदबन्दीलाई नै कायम राखेर तदर्थ समिति बनाउनु पर्ने माग गर्दै आएको छ । 

 

 

13. लोप हुँदै ४० प्रतिशत प्रजातीका किरा, यस्तो छ कारण :  किराको संख्यालाई लिएर गरिएको वैज्ञानिक अनुसन्धानबाट ४० प्रतिशत प्रजातीका किराहरु विश्वबाट नै लोप हुने अबस्थामा पुगेको छ । उक्त अध्ययनका अनुसार मौरी, कमिला, अन्य स्तनधारी जीव तथा पंक्षिहरुको प्रजाती लोप हुने अवस्थामा पुगको बताइएको छ । 

 

 

14. प्रेमदिवस स्पेशल पूर्वेली कुशल र पश्चिमेली ताराको ‘परफेक्ट’ म्याच, यसरी जम्यो जोडी (भिडियो सहित)  : परफेक्ट’ शब्दले ‘परफेक्टली’ व्याख्या गर्छ कुशल श्रेष्ठ र तारा गुरुङको जोडीलाई । अन्तर्राष्ट्रिय कराँते खेलाडी कुशल श्रेष्ठ र तारा गुरुङ नेपाली खेलकुदमा जमेको जोडी हो । उत्कृष्ट खेलाडी, राम्रा प्रशिक्षक, कुशल व्यवस्थापक र सहयोगी स्वभाव यो परिचय हो कुशल श्रेष्ठको । त्यस्तै सरल, शान्त र मायालु स्वभाव छ तारा गुरुङको । 

 

15. बालबालिकालाई यौन दुराचार गरेको आरोपमा ६० वर्ष जेल सजाय :  कोलम्बियाको ब्यारेक्युएला शहरको एक अदालतले एक व्यक्तिलाई ६० वर्षको जेल सजाय सुनाएको छ । झण्डै ३ सय बालबालिकालाई यौन दुराचार गरेको आरोपमा हुवा कार्लोस सान्चेज लातोरेलाई ६० वर्षको जेल सजाय सुनाइएको हो । 

 

 

16. बेहुली बन्दा  यस्ती देखिईन् नायिका वर्षा राउत, संजोग लजाए : नायिका वर्षा राउत र नायक संजोग कोईराला आज विवाह बन्धनमा बाँधिएका छन् । नायिका राउत र नायक कोइरालाबिचको लामो प्रेमसम्बन्ध आज प्रेमदिवसका दिन विवाहमा परिणत भएको हो । 

 

17. विमानस्थलमा श्रमिकको सामान जफतको विरोधमा रेखा थापा :  विदेशबाट फकिने नेपालीको सामान जफत गरिएकोमा विरोध जनाउँदै आएकी चर्चित नायिक रेखा थापाले शश्रमन्त्री गोकर्ण विष्टको ध्यानाकर्षण गराउँदै एक ज्ञापनपत्र बुझाएकी छिन् ।श्रमिकमाथि हुने असम्मान व्यबहार र उनीहरुका घरेलु प्रयोजनका सामान जफत वा कर तिर्न वाध्य पार्ने नियम सच्याउन ध्यानाकर्षण गराउँदै आफूले मन्त्री बिष्टलाई आज मन्त्रालयमा भेटेर ज्ञापनपत्र बुझाएको थापाले जानकारी दिइन् ।

18. भारतीय प्रधानमन्त्री मोदी दक्षिण कोरिया जाने :  भारतका प्रधानमन्त्री नरेन्द्र मोदी यही फेब्रुअरी २१ देखि दक्षिण कोरियाको भ्रमणमा जानुहुने भएको छ ।  दक्षिण कोरियाका राष्ट्रपति मुन जाए इनको नियन्त्रणामा मोदी दुई दिने भ्रमणका लागि दक्षिण कोरिया जान लाग्नु भएको विदेश मन्त्रालयले बिहीवार जनाएको छ । 

 

 LOKPATH TV लाई सब्स्क्राईब गर्न नबिर्सनुहोस् । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?