काठमाडौं । कञ्चनपुरको पुनर्बास नगरपालिका २, दशरथबस्तीबाट प्रहरीले बिहीवार दिउँसो १८ किलो सुन बरामद गरेको छ ।
निर्मला बलात्कारपछि हत्या प्रकरणको अनुसन्धान गरिरहेको प्रहरीको टोलीले सुनबारे सुराक पाएको थियो ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का एसपी सुदिप गिरी र महागनरीय अपराध महाशाखाका डीएसपी रुगम कुँवरको टोली खटिएका थिए ।
एसपी गिरी र डीएसपी कुँवरको टोलीले सुनबारे सुराक पाएको शंकास्पल घरमा छापा मारेको थियो । छापा मार्दा शुरुमा त केही भेटिएन । तर, पछि एउटा कोठामा स्टोर गरि राखेको आलुलाई पन्छाउँदा त्यहाँ खोस्रिएको जस्तो सुख्खा माटो भेटियो र प्रहरीले त्यहाँ खन्न शुरु गर्यो ।
प्रहरीले खन्न शुरु गरेको केहीबेरमै त्यहाँबाट सेतो प्लाष्टिकको बोरामा फेला पार्यो । जसमा सुनका १८ वटा बिस्कुट थिए ।
हरेक सुनको विस्कुटलाई कालो कपडा बेरिएको थियो ।
कपडाको हरेक पोका खोलेर हर्दा हरेकमा सुन भेटिएको थियो ।
प्रहरीका अनुसार, प्रारम्भिक अनुसन्धाले उक्त सुन भारतबाट ल्याइएको देखिएको छ ।
घटनामा संलग्न रहेको आशंकामा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया