बाँकेमा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गर्ने पक्राउ

लोकपथ
49
Shares

काठमाडौं । बाँकेमा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा कोहलपुर नगरपालिका-११ बस्ने मुगु सोरू गाउँपालिका-३ घर भएका २० वर्षीय डिलेन्द्र शाहीले आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

शाहीले ती किशोरीलाई गत जेठ ११ गते बेलुकी जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?