बारा । जितपुर सिमरामा पार्किङ गरी राखेको ना १ त ५०७९ नम्बरको ट्क्याटरमा आगजनी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ परेको छ ।
सिमरा उपमहानगरपालिका २२ मटिअरियाका कृष्णभगवान सिंहको पार्किङ गरी राखेको ट्क्याटरमा १८ वर्षीय सिदार्थ चौधरीले ट्क्याटरमा आगजनी गरी क्षति पुर्याएको अभियोगमा बुधवार प्रहरीले पक्राउ गरेको हो।
गत माघ २३ गते राति आगजनी गर्नुका साथै मोबाइल मार्फत चौबिस घण्टाभित्र तीन लाख रुपैयाँ नदिए ज्यान मारिदिन्छु भनि धम्कि सिंहलाई दिएकोले उक्त मोबाइल सहित चौधरीलाई जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया