बर्दिवास । महोत्तरीको बर्दिवासमा ट्रिपर दुर्घटना हुदा १० जना घाइते भएका छन् भने दुई जना गम्भीर घाइते भएका छन् ।
ढुङ्गा बोकेको ना ३ ख नम्बरको ट्रिपर मुख्य बर्दिबासको मुख्य चोकमा दुर्घटना भएको हो ।
बीपी राजमार्ग हुँदै बर्दिवास आउँदै गरेको ट्रिपर अनियन्त्रित भई मुख्य चोकमा दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दिवासका प्रहरी निरीक्षक प्रकाश सिंहले जानकारी दिए ।
गम्भीर घाइतेमध्ये एकजनालाई काठमाडौं लगिएको प्रहरी निरीक्षक सिंहले जानकारी दिए ।
बर्दिवास नगरपालिका ११ बस्ने ३० वर्षका मीनबहादुर थापालाई थप उपचारको लागि काठमाडौं लगिएको हो ।
अन्य घाइतेहरुको बर्दिवासस्थित जनसेवा हस्पिटल र शुभस्वस्तिक हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया