कैलाली । प्रहरीले फरार अभियुक्तलाई समात्न धनगढीमा गोली चलाएको छ ।
कैलाली जिल्ला अदालत परिसरबाट हत्कडीसहित फरार भएका लम्कीचुहा नगरपालिकाका २३ वर्षका दिल्प दमाईलाई प्रहरीले गोली हानेर पक्राउ गरेको हो ।
दमाईलाई धनगढी उपमहानगरपालिका ७ मा पर्ने बेली जंगलमा गोली हानेर पक्राउ गरेको कैलाली प्रहरी प्रवक्ता डिएसपी हरिबहादुर ओलीले जानकारी दिए ।
दिल्प दमाईलाई बलात्कारको अभियोगमा गत सोमबार पक्राउ गरिएको थियो । उनलाई म्याद थपका लागि जिल्ला अदालत ल्याइएको बेला हत्कडीसहित फरार भएका थिए ।
दमाईको खुट्टामा गोली लागेको र उपचारका लागि सेती अञ्चल अस्पतालमा भर्ना गरिएको डिएसपी ओलीले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया