भूकम्पपीडितको गुनासो, ‘बैंकबाट निकाल्नेबित्तिकै एक लाख रुपैयाँ लुटियो’

काठमाडौं । मेलम्चीबाट भूकम्पपीडितको आवास अनुदानबापत आएको एक लाख रुपैयाँ लुटिएको छ । 

सिन्धुपाल्चोक जुगल गाउपालिका १ का भूकम्पपीडित दानबहादुर श्रेष्ठले एक लाख आवास अनुदानबापतको रकम बैंकबाट निकाल्नेबित्तिकै लुटिएको हो । 

अनुदानको १ लाख रुपैयाँ राष्ट्रिय वाणिज्य बैंक, शाखा कार्यालय, मेलम्चीबाट निकाल्नेबित्तिकै मंगलबार दिउँसो लुटिएको श्रेष्ठले बताए । श्रेष्ठका अनुसार अनुदानबापतको अन्तिम एक लाख रुपैयाँ निकालेर बैंक बाहिर निस्कनसाथ जलवीरेका एक युवाले रकम लुटेको बताए ।

तर, यसबारे प्रहरीमा अहिलेसम्म उजुरी परेको छैन ।

जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी मुकुन्द मरासिनीका अनुसार पैसा लुटिएको घटनाबारे अहिलेसम्म प्रहरीका कार्यालयमा उजुरी नपरेको र पीडितका उजुरी आएपछि घटनाबारे अनुसन्धान गर्ने बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?