विशेष अदालतमा साढे दुई करोड बुझाएर गोपाल खड्का छुटे

काठमाडौं । नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपाल खड्का २ करोड २५ लाख धरौटीमा बुझाएर छुटेका छन् । खड्काले विशेष अदालतमा धरौटी बुझाएर छुटेका हुन् ।

खड्कालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगलले भ्रष्ट्राचारको मुद्दामा विशेष अदालतमा मुद्दा दायर गरेको थियो । अदालतका अध्यक्ष बाबुराम रेग्मी, सदस्य प्रमोदकुमार श्रेष्ठ वैद्य र नारायणप्रसाद पोरखेलको इजलासले धरौटीमा छोड्ने आदेश दिएको हो ।

खड्काको १६ करोड ६६ लाख रुपैयाँको स्रोत नखुलेको अख्तियारले जनाएको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?