WWW.LOKPATH.COM अनलाईन न्यूज पोर्टलमा तपाईंलाई हार्दिक स्वागत छ ।
आज मिति २०७५ साल माघ २९ गते देश दुनियाँमा के–के घटना भए ? जान्नको लागि तलको लिंकमा क्लिक गर्नुहोस् र ५ मिनेटमा थाहा पाउनुहोस् देशभर भएका घटनाहरुमध्ये ट्रेन्डिङमा रहेको १८ घटनाहरु ।
यूट्युवमा गएर LOKPATH TV टाईप गरी हाम्रा सम्पूर्ण समाचार मूलक, जानकारी मूलक मनोरञ्जनात्मक भिडियोहरु हेर्न सक्नुहुन्छ । कृपया LOKPATH TV सब्स्क्राईब गर्न नबिर्सनुहोस् ।
1. युएईका लागि नेपाली राजदूतमा कृष्णप्रसाद ढकाल नियुक्त : युएईका लागि नेपाली राजदूतमा कृष्णप्रसाद ढकाल नियुक्त भएका छन् । संसदीय सुनुवाई विशेष समितिले उनको नाम अनुमोदन गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले आज नियुक्त गरेकी हुन् ।
2. देउवालाई बाटो छेकेर यस्तो चेतावनी : नेपाल विद्यार्थी संघका केही विद्यार्थीहरुले पार्टी सभापति शेरबहादुर देउवा सहितका पार्टी पदाधिकारीहरुलाई केन्द्रीय समिति बैठकमा जानु अघि चेतावनी दिएर पठाएका छन् ।
3. संघ र प्रदेशबीच द्वन्द्व हुने खतरा : नेकपा सांसद जनार्दन शर्माले संसदमा प्रस्तुत भएको नेपाल प्रहरी र प्रदेश प्रहरी ९कार्यसञ्चालन, सुपरिवेक्षण तथा समन्वय० विधेयकप्रति असन्तुष्टि जनाएका छन् । मंगलबार संघीय संसदको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रदेश सरकारलाई निकम्मा बनाउने गरी विधेयक ल्याइएको र यसबाट सरकारमा केन्द्रीत प्रशासन चलाउने उद्देश्य देखिएको बताए ।
4. प्रतिनिधिसभा बैठकः सडक दुर्घटना न्यूनीकरणसम्बन्धी प्रस्तावमाथि छलफल : प्रतिनिधिसभाको आजको बैठकमा सडक दुर्घटना न्यूनीकरणसम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल भएको छ । नेपाली काङ्ग्रेसका सांसद डा डिला सङ्ग्रौलाले दर्ता गराउनुभएको ‘नेपालमा सडक दुर्घटना परेर मृत्यु वा घाइते हुनेका तथ्याङ्क पछिल्लो पाँच वर्षमा भयावह रुपमा बढिरहेकाले दुर्घटना रोक्न कदम चाल्नुपर्ने र राष्ट्रिय सडक सुरक्षा कार्ययोजना २०१३–२० कार्यान्वयन गरियोस्’ भन्ने जरुरी महत्वको प्रस्तावमाथि बैठकमा छलफल भएको हो ।
5. तस्वीरमा विश्व उत्कृष्ट फोटोग्राफी : चर्चित फोटोग्राफरहरुले आफ्नो क्यामरामा कैद गरेका यी तस्वीरहरु विश्वमा नै प्रशिद्ध छ । ‘अन्तर्राष्ट्रिय गार्डेन फोटोग्राफर अफ दि इयर’को विभिन्न विधामा समेत विजेता बनेको यी तस्वीर विश्वको सबैभन्दा उत्कृष्ट तस्वीरहरु हुन् ।
6. भारतको आग्राको कोठीमा बेचिएका पाँच नेपाली चेलीको उद्धार, परिवारजनलाई हस्तान्तरण : भारतको आग्राको कोठीमा बेचिन पुगेका पाँच नेपाली चेलीहरुलाई डि।एन।ए। परीक्षण गराई परिवारजनलाई हस्तान्तरण गरेको छ । भारतको उत्तर प्रदेश राज्यको आग्राको कोठीमा बेचिन पुगेका ५ नेपाली महिलाको समाजसेवी बालकृष्ण पाण्डे र माइती इन्डियाको विशेष पहलमा उद्धार गरेको थियो ।
7. तौलिहवा-लुम्बिनी निर्माणधीन डबल लेनको सडक, गुणस्तरहीन बनेको स्थानीयको आरोप : भैरहवा-लुम्बिनी-तौलिहवा निर्माणधीन सडकमा निम्न गुणस्तरको र तोकिएको शर्तअनुसार काम नभएको भन्दै कपिलवस्तुका स्थानीयबासीले काममा रोक लगाउदै विरोध जनाएका छन् ।ठेकेदारले सोही सडकबाट निकालेको पुरानो गिट्टी प्रयोग गर्ने गरेको मनोमानी ढंगले काम गरेको र तोकिएको शर्त अनुसार काम नगरेको भन्दै कपिलवस्तु नगरपालिका–८ स्थित मैनीहवा गाँउका स्थानीय सहीत वडा अध्यक्षले काममा रोक लगाएका थिए ।
8. राष्ट्रियसभा बैठक – समसामयिक र गम्भीर विषयमा सदन र सरकारको ध्यानाकर्षण : राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा भाग लिने सांसदले समसामयिक र गम्भीर विषयमा सदन र सरकारको ध्यानाकर्षण गराएका छन् । उनीहरुले सिंहदरबार प्रवेशद्वारमा पैदालयात्रुलाई परेको अप्ठेरो, प्लाष्टिक झोलाको नियन्त्रण तथा क्रसर उद्योगले प्राकृतिक संरक्षणमा पारेको असरका बारेमा सदनमार्फत सरकारको गम्भीर ध्यानाकर्षण गराएका हुन् ।
9. फुटबलमा भारतविरुद्ध नेपाललाई जिताएर इतिहास रच्ने ‘साम्बा’ अर्थात् सावित्रा भण्डारी : ब्वाइज कट हेयर स्टाइल, त्यसमा स्लिम र फिट देखिने युवती ।५ फिट ५ इन्च अग्ली झट्ट हेर्दा पुरुष जस्तै देखिन्छिन् उनी । नेपाली महिला टिमकी ‘साम्बा’ अर्थात् सावित्रा भण्डारी नेपाली खेल जगतमा मात्र होइन, सर्वाधिक गोल गरेर ‘गोल मेसिन’ का नामले समेत दक्षिण एशियामा चर्चित छिन् ।
10. ६ सय ६२ सहसचिवको समायोजन : सरकारले ६ सय ६२ सहसचिवको समायोजन गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले ‘कर्मचारी समायोजन अध्यादेश–२०७५’ अनुसार अनलाइन फाराम भरेका आधारमा ६ सय ६२ सहसचिवलाई समायोजन गरिएको बताए ।
11. घुुस रकमसहित पक्राउ परेका प्रहरी अख्तियारको नियन्त्रणबाट भागे : घुुस रकमसहित पक्राउ परेका प्रहरी सहायक निरीक्षक अख्तियारको नियन्त्रणबाट भागेका छन् ।मंगलवार दिउँसो अख्तियारको टोलीले औरही प्रहरी चौकीमा कार्यरत असई रामनरेश साहलाई नवदुर्गा सःमिलबाट पक्राउ गरेको थियो ।
12. सरकार तत्काल नढल्ने प्रधानमन्त्री ओलीको दाबी : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार तत्काल नढल्ने दाबी गरेका छन्।मंगलवार प्रहरी निरिक्षक आधारभुत तालिम १७८ औं समुहको दीक्षान्त समारोहलाई सम्वोधन गर्दै प्रधानमन्त्री देशले विकास र समृद्धि हासिल नगरेसम्म सरकार नढल्ने बताएका हुन् ।
13. राडी बेच्न ओखलढुङ्गादेखि काठमाडौँसम्म, वार्षिक १२ लाख : ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–३ का कुमार गुरुङ राडी बेच्न पुसमा काठमाडौं आएका थिए । ४० वटा राडी लिएर काठमाडौं आएका गुरुङले पुरै बेच्न लागे । ललितपुरको मङ्गलबजारमा भेटिएका गुरुङ साथीकहाँ बस्दै आएका छन् ।
14. भारत सरकारले राख्यो तल्लो अरुण जलविद्युत् आयोजना बनाउने प्रस्ताव : भारत सरकारले प्रस्तावित ४ सय मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजना निर्माण गर्ने प्रस्ताव गरेको छ ।ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनसँग सोमबार नयाँदिल्लीमा भएको भेटमा भारतीय विद्युत् राज्यमन्त्री राजकुमार सिंहले आयोजना कूल ९ सय मेगावाट क्षमताको अरुण तेस्रोकै ढाँचामा निर्माण गर्न सकिने प्रस्ताव गरेका हुन् ।
15. मुलुकभरका कारागारमा २७ कैदीको मृत्यु : चालू आर्थिक वर्ष २०७५र७६ को हालसम्ममा मुलुकभरका कारागारमा २७ कैदीको मृत्यु भएको छ । विभिन्न रोगका कारण ती कैदीको मृत्यु भएको हो । मृत्यु हुनेमध्ये सबैभन्दा धेरै केन्द्रीय कारागार जगन्नाथदेवलका कैदी रहेका छन् ।
16. राजतन्त्र फर्किन सक्छ – अध्यक्ष राणा : राष्ट्रिय प्रजातन्त्र पार्टी ९संयुक्त० का अध्यक्ष पशुपतिशमशेर राणाले सरकार र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस दुवै असफल भएको दाबी गरेका छन् ।उनले भने,‘यो एक वर्षमा सरकार पनि असफल र प्रमुख प्रतिपक्षी दल कांग्रेस पनि असफल भयो । दुवै असफल भए ।
17. टीकापुर महोत्सवमा एक करोडको कारोवार : टीकापुर महोत्सवमा एक करोड बराबरको कारोवार भएको छ । औद्योगिक, सांस्कुतिक, शैक्षिक, कृषि एवं पर्यटकीय सम्भावना, समृद्ध सुदुरपश्चिमको परिकल्पना’ नाराका साथ ११ दिनसम्म चलेको सो महोत्सवमा २७ लाख ६३ हजारको टिकट बिक्री भएको थियो ।
18. दिल्लीको एक होटेलमा आगलागी हुँदा १७ जनाको मृत्यु : मंगलवार दिल्लीको करोल बाग क्षेत्रको होटलमा आगोलागी हुँदा बालकसहित कम्तीमा १७ जनाको मृत्यु भएको छ।
दिल्ली सरकारको मन्त्री सत्येन्द्र जैनले धेरै मानिसहरुको मृत्यु निसासिएर भएको बताएका छन् । ३५ जनाको उद्धार गरिएको छ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया