काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईले मौद्रिक नीतिले सर्वहारा, भुईमान्छे र गरीबहरुको लागि केही पनि नल्याएको दावी गरेका छन् ।
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानकातर्फबाट सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रसाईले नेपालीहरुले काम गर्न खोज्यो भने पक्राउ पर्नुपर्छ तर मारवाडीहरुले भने मुक्ति पाउँने गरेको आरोप लगाए । उनले ब्याजको कारण किसान मर्न बाध्य हुँदा पनि राष्ट्र बैंकले छानविन गर्ने नगरेको गुनासो गरे ।
उनले भने ‘ देशमा सरकार छ कि छैन्, छ भने गरीब जनता र किसानहरुलाई चारैतिरबाट शोषण गरेर मृत्युको मुखसम्म पु¥याउदाँसम्म पनि किन मौन छ । कृषिको नाममा सहुलियतपूर्ण ऋण लिनेहरु कानूनले परभाषित गरेको किसान भित्र पर्छ कि पर्दैनन् ? कृषि कम्पनी खोलेर सहुलियतपूर्ण कृषि ऋण लिए तर ति कम्पनीहरुले अहिलेसम्म १ केजी टमाटर वा १ मुठा रायोको साग, १ केजी स्ट्रबेरी बजारमा ल्याएका छन् ? यसरी नियम विपरीत गरीब किसानका नाममा छुट्याउन पर्ने रकम दुरुपयोग गरी नक्कली किसान खडा गरेर रकम कुम्ल्याउने व्यपारीहरु, अनुगमन र खबरदारी नगर्ने राष्ट्र बैंक, यी सबै कारवाहीको भागीदार बन्नुपर्ने हो कि हैन ? ’
ठूला घरानिया भनाउँदा व्यपारीहरुले र केहि लघुवृत्तले गरीब निमुखा किसानहरुलाई दिनुपर्ने सहलियतपूर्ण ऋण आफै लिने र त्यही रकमलाई फेरि नागरिकलाई चक्रवर्ती ब्याजमा लगाउने गरेको दावी पनि व्यवसायी प्रसाईको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया