काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारविरुद्धको अभियानबाट आफू कुनै हालतमा पछि नहट्ने बताएका छन् ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै गृहमन्त्री श्रेष्ठले कानून सबैलाई समान हुने भन्दै कोही पनि दोषीलाई नछाडिने प्रतिबद्धता जनाएका हुन् ।
‘प्रश्न उठिरहेको छ कि यो कहाँसम्म जान्छ रु मैले बारम्बार भनेको छु, स्वच्छ र निस्पक्षरुपमा अनुसन्धान अगाडि बढाइने छ । तथ्य(प्रमाणको आधारमा दोषी फेला पार्न जहाँसम्म जानुपर्ने हो, त्यहाँसम्म पुग्छ । दोषीलाई छोडिदैँन । प्रहरीलाई स्वतन्त्र र निष्पक्ष अनुसन्धानका लागि अनवश्यक निर्देशन दिइएको छ ।’ उनले भने
‘यहाँ त अचम्म छ । नहुनु पनि किन । त्यसलाई स्वाभाविक मान्छु । अलिकति नेताहरू दोषी, अपराधी देखिए, मुद्दा चलाइयो भने राजनीतिक पार्टीका नेताहरू कराउँछन्- यो त भएन नि भनेर । उद्योगी-व्यवसायी पक्राउ परे भने हामीले ट्याक्स तिरेका छौं, राज्य चलाउन सहयोग गरेका छौं, हामीलाई गर्ने रु भन्छन् । कर्मचारी परे भने कर्मचारीलाई कहाँ पाइन्छ भन्छन् । त्यसोभए कसलाई गर्ने कारबाही रु निमुखा, गरिब, शक्तिहीन जनतालाई मात्रै गर्ने रु धनीलाई एउटा कानून, गरिबलाई अर्को कानून म मान्दिनँ । सरकारले त्यसलाई स्वीकार गर्दैन । राजनीति गर्ने नेतालाई एउटा, कर्मचारीलाई एउटा, जनतालाई अर्को कानून हुन सक्दैन । सबैलाई कानून बराबरी हुन्छ । रुल अफ ल स्थापना गर्नैपर्छ ।’ उनले थपे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया