३० युवालाई सिजी ल्याण्डमार्कमा सैलुनसम्बन्धी तालिम

लोकपथ
77
Shares

भरतपुर । चितवनको भरतपुरस्थित सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले कपाल काट्ने ९सैलुन०सम्बन्धी तालिम प्रदान गर्ने भएको छ ।

विदेशबाट फर्किएका तथा यो पेशा अगाल्न चाहने युवाहरुलाई लक्षित गरेर निःशुल्क तालिम प्रदान गर्न लागिएको सैलुनका सञ्चालक सुलोभ सिग्देलले जानकारी दिए ।

सैलुनको १० औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमका बीच उनले ३० युवाहरुलाई सैलुनसम्बन्धी तालिम सञ्चालन गरेर जनशक्ति उत्पादन गर्न लागिएको बताए ।

उनले १५ दिनको अवधि राखेर फाराम खुलाइएको उल्लेख गर्दै त्यसमा भरतपुर महानगरपालिकाभित्रका महिला पुरुष दुबैले आवेदन दिनसक्ने बताए ।

तालिम सिजी ल्याण्डमार्कमै उपलब्ध हुने भन्दै उनले सिकिसकेपछि विद्यार्थीहरुले सरकारी विद्यालयहरुमा गएर विद्यार्थीहरुको कपाल काट्नेगरी भोलेन्टियर सेवा भने दिनुपर्ने नियम बनाइएको बताए । तालिमको अवधि ४५ दिनको हुने उनको भनाइ छ ।

हाल उक्त सैलुनमा महिला र पुरुष गरी ६ जनाको टीम रहेको र उनीहरुले नै तालिम प्रदान गर्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?