देशैभर मौसम बदली भएको छ । पूर्वीपहाडी जिल्लाको अधिकांश उच्च भूभागमा भारी वर्षातसँगै परेको हिमपातका कारण अत्याधिक चिसो बढ्दा त्यहाँको जनजीवन प्रभावित भएको छ ।
बुधबारदेखि बदली भएको मौसममा सुधार आउन नसक्दा आज शनिबार पनि बिहानैबाट अविरल वर्षा भएको हो ।
वर्षासँगै निकै वेगले हावा चलेको छ ।
डाँडाकाँडा हिउँले सेताम्य भएको छ ।
हावाहुरीका कारण त्यहाँको टेलिफोन सेवा समेत प्रभावित बनेको छ । हावाहुरीका कारण टेलिकमको ल्याण्डलाइन, नमस्ते, स्काईलगायत टेलिफोनमा टावर आउने जाने भइरहेको छ । त्यहाँका एफएम रेडियो समेत प्रसारणमा अवरोध सिर्जना भएको छ ।
वर्षातका कारण जनजीवन प्रभावित भएतापनि बालीनाली सप्रने भएकोले किसानहरु हर्षित छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया