WWW.LOKPATH.COM अनलाईन न्यूज पोर्टलमा तपाईंलाई हार्दिक स्वागत छ ।
आज मिति २०७५ साल माघ २३ गते देश दुनियाँमा के–के घटना भए ? जान्नको लागि तलको लिंकमा क्लिक गर्नुहोस् र ५ मिनेटमा थाहा पाउनुहोस् देशभर भएका घटनाहरुमध्ये ट्रेन्डिङमा रहेको १८ घटनाहरु ।
यूट्युवमा गएर LOKPATH TV टाईप गरी हाम्रा सम्पूर्ण समाचार मूलक, जानकारी मूलक मनोरञ्जनात्मक भिडियोहरु हेर्न सक्नुहुन्छ । कृपया LOKPATH TV सब्स्क्राईब गर्न नबिर्सनुहोस् ।
1. संसदमा गृहमन्त्रीलाई प्रश्नको ओइरो निर्मला पन्तको हत्यारा खोई ? : संसदमा गृहमन्त्रीलाई प्रश्नको ओइरो लागेको छ । सांसदहरुले गृहमन्त्री राम बहादुर थापा बादललाई निर्मला पन्तको हत्यारा कहिले सम्म पत्ता लाग्छ भनेर प्रश्न सोधेका छन् ।
2. नेपाल–भारत उच्च अधिकारीबीच वाणिज्य सन्धिमा छलफल हुँदै : नेपाल र भारतका उच्च सरकारी अधिकारीबीच नेपाल–भारत वाणिज्य सन्धिका विविध पक्षमा यही माघ २५ र २६ गते गहन छलफल हुँदैछ । भारतसँगको व्यापारघाटा बढिरहेका बेला त्यसलाई घटाउने तथा समयानुकूल उक्त सन्धि परिमार्जन, संशोधन वा नयाँ शिराबाट गर्नेलगायत विषयमा बैठकमा विचारविमर्श हुने छ ।
3. धर्मको पुच्छर र कांग्रेसको बैतरणी : समसामयिक विषयमा कलम चलाउने जीवन ढुंगाना लेख्नुहुन्छ कांग्रेस संरचनामामात्र खण्डित हैन विचारमा पनि, नीतिमा पनि, कार्यक्रममा पनि खण्डित हुँदोछ र चरित्रमा पनि खण्डित हुँदोछ । यसबाट ऊ हिजो जनमतमा किन र कसरी पछारियो भन्ने प्रश्नको पनि उत्तर मिल्छ र भोलीको असाध्य धमिलो तस्वीरको पनि ।
4. फेसबुक प्रयोगकर्तालाई खुशीको खबर ! : फेसबुक प्रयोगकर्ताहरुको लागि खुशीको खबर । सामाजिक सञ्जाल फेसबुकले अन्ततः प्रयोगकर्ताले व्यग्र रुपमा प्रतीक्षा गरिरहेको निकै कामलाग्ने फिचर लञ्च गरेको छ ।
5. खै अन्तर्राष्ट्रिय क्रिकेट सिरिज खेलाउने मैदान : सुन्दै अचम्म लाग्छ, एक दिवसीय र टि–२० अन्तर्राष्ट्रिय क्रिकेटमा शृङ्खला नै जितिसकेको नेपालमा एक दिवसीय शृङ्खला खेलाउने मैदान छैन भन्दा । लोकपथकर्मी गोविन्द गुरुङ लेख्नुहुन्छ, एक दिवसीय मान्यता पाएको करिब एक वर्षको अवधिमा नेपाली क्रिकेटले दुईवटा अन्तर्राष्ट्रिय एक दिवसीय शृङ्खला खेल्यो, पहिलो शृङ्खला बराबरीमा सकियो तर, दोस्रोमा नेपालले ऐतिहासिक जित नै दर्ता गरायो ।
6. फेसबुकले निम्त्याएका भयावह परिणाम आत्महत्यादेखि प्रहरी खोरसम्म : नयाँ बानेश्वर बस्ने एक किशोरीलाई एउटा अपरिचित व्यक्तिको फ्रेण्ड रिक्वेस्ट आयो । उनले सो रिक्वेस्ट ‘एसेप्ट’ गरिन् । दुवै जनाबीच सामान्य कुराकानी हुन थाल्यो । लोकपथकर्मी आशा गुप्ता लेख्नुहुन्छ, सामाजिक सञ्जालको अल्पज्ञानले जस्तोसुकै जान्ने छु भन्नेलाई पनि ओहो यस्तो पो बनाईदिन्छ ।
7. चार बुँदे माग राख्दै प्रशिक्षार्थी चिकित्सक आन्दोलित : सुनसरीको धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत प्रशिक्षार्थी चिकित्सकहरु आन्दोलित भएका छन् । एक सय ५० प्रतिक्षार्थी चिकित्सहरुले विभिन्न चार बुँदे माग राख्दै आन्दोलित भएका हुन् ।
8. मोबाइल हरायो चिन्ता छैन, प्रहरीमा उजुरी गर्नुहोस् : मध्यपुर थिमि–१ लोकन्थली बस्ने अरविन्द आचार्यको सामसुङ ग्यालेक्सी जे फाइभ मोबाइल सेट सार्वजनिक यातायातमा बालकोटबाट कौशलटार आउने क्रममा हरायो । उनले महानगरीय प्रहरी वृत्त थिमिमा गत मङ्सिर २३ गते मोबाइल पाकेट मारेको निवेदन दिए । लिंकमा क्लिक गरी पुरा समाचार पढ्नुहोस् ।
9. मेलम्चीको विषयमा सिंगापुरमा वार्ता : मेलम्ची खानेपानी आयोजनाको काम अघि बढाउने उद्देश्यले मेलम्ची खानेपानी विकास समिति र ठेकेदार कम्पनीका प्रतिनिधिहरु बीच वार्ता भईरहेको छ । वार्तामा सिएमसी कम्पनीले राखेका केही मागहरुका विषयमा छलफल भईरहेको छ ।
10. चर्चित जनगायक जीवन शर्मालाई मसालले निलम्बन गर्यो : चर्चित जनगायक जीवन शर्मालाई मोहन विक्रम सिंह नेतृत्वको नेकपा मसालले पार्टीबाट निलम्बन गरेको छ । पार्टी हितविपरित गतिविधि गरेको आरोपमा उनलाई मसालले पार्टीबाट ६ महिनाका लागि निलम्बन गरेको हो ।
11. चार पाङ्ग्रे स्कुटरमा नेपाल भ्रमण एउटा महत्वकांक्षी योजना बोकेर गुडिरहेछ वेगको स्कुटी : जन्मिएको ९ महिनापछि मात्रै वेगको परिवारलाई थाहा भयो उनका दुवै खुट्टा सामान्य बच्चाको जस्तो छैनन् । शरीरको तुलनामा छोटा छन् अनि लुला पनि । त्यसताका गाउँघरमा डाक्टरको काम धामीले गर्थे अनि औषधीको काम धामीले फुकेको चामलले । प्रेरणा तिमील्सीना लेख्नुहुन्छ। यो अवस्थाबाट वेगले कसरी खुसी फर्काए ?
12. विद्युत चुहावट पाँच महिनामा १० प्रतिशतले घट्यो – कुलमान घिसिङ : विद्युत चुहावट पाँच महिनामा १० प्रतिशतले घटेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । चालु आर्थिक वर्ष २०७५/०७६ को पाँच महिनामा २५.७५ प्रतिशतबाट १५.४५ प्रतिशत चुहावट घटेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।
13. एक वर्षमा १२ लाख विद्यार्थी गायब : शैक्षिक सत्र २०७६ का लागि तय गरिएको विद्यार्थी संख्यामा झन्डै १२ लाख विद्यार्थी कम देखिएको छ। सरकारले तयार गरेको फ्ल्यास रिपोर्टका आधारमा शैक्षिक सत्र २०७६ का लागि तय गरेको विद्यार्थी संख्यामा झन्डै १२ लाख विद्यार्थी कम देखिएको छ।
14. पशुपतिनाथका सबै ढोका खुल्ने : महाशिवरात्रि पर्वमा पशुपतिनाथको चारै ढोका चारै प्रहर खुला गर्ने निर्णय गरिको छ ।
नित्य दर्शनार्थीका लागि विहान ३ बजे नै मन्दिर प्रवेश पाउने व्यवस्था गरिने छ भने अन्य भक्तजनका लागि छुट्टै मन्दिर प्रवेश पासको व्यवस्था नगर्ने निर्णय पनि गरिएको छ । सञ्चारकर्मीले आफ्नै संस्थाको परिचयपत्रबाट पशुपति क्षेत्र प्रवेश गर्न सक्नेछन् ।
15. १९ हजार सरकारी कर्मचारीलाई कारबाही सिफारिस : राष्ट्रिय सतर्कता केन्द्रले १९ हजार १ सय ३४ जना सार्वजनिक पदाधिकारी तथा कर्मचारीलाई कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगसमक्ष सिफारिस गरेको छ ।
16. अख्तियारले डामेका साह धरौटीमा छुटे : बृहत् जनकपुर क्षेत्र विकास परिषद्मा भ्रष्टाचार गरेको आरोप तत्कालीन कार्यकारी निर्देशक डा सूर्यदेव साह रु छ लाख धरौटीमा छुटेका छन् ।विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी तथा न्यायाधीशहरु चण्डीराज ढकाल र नारायणप्रसाद पोखरेलको इजलासले धरौटीमा छुट्ने आदेश जारी गरेको विशेष अदालतका प्रवक्ता पुष्प पाण्डेले जानकारी दिए ।
17. जापानी पत्रकारलाई यमन जान रोक : जापान सरकारले रिपोर्टिङका लागि युद्धग्रस्त यमन जान लागेका एक जना वरिष्ट पत्रकारको पासपोर्ट सरकारलाई बुझाउन आदेश दिएको छ । गत वर्ष सिरियामा विद्रोहीको कब्जाबाट एक जना जापानी पत्रकार मुक्त भएर जापान फर्किएलगत्तै युद्धग्रस्त क्षेत्रमा रिपोर्टिङका लागि जापानी पत्रकारलाई जान अनुमति दिने वा नदिने भन्नेमा जापानमा चर्को बहस भएको थियो ।
18. पेरिस आगलागीः १० जनाको मृत्यु, ३० घाइते : फ्रान्सको पेरिसस्थित एक भवनमा आगलागीमा परि एक बालक सहित १० जनाको मृत्यु भएको छ । आगलागीम अग्नि नियन्त्रकसहित ३० जना घाइते भएका छन् । घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया