तनहुँ । प्रहरीले तनहुँ बन्दिपुर गाउँपालिका वडा १ चिसापानीबाट लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा तनहुँ बन्दिपुर गाउँपालिका १ बस्ने वर्ष २६ का ईन्द्र बहादुर बाचे मगर, वर्ष ३० को बहरुल अमिन मियाँ र धादिङ गल्छी गाउँपालिका १ बस्ने वर्ष २४ को भुपेश अधिकारी छन् ।
शंंकास्पद अवस्थामा भेटिएका उनीहरुको तलासी गर्दा मगरको साथबाट डाईजेपामा सिसि २ एम्पुल, फेनरागन सिसि ४ एम्पुल र नुफिन सिसि १ एम्पुल फेला परेको प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
त्यस्तै प्रहरीले सोधपुछ गर्ने क्रममा मियाँको कोठाबाट डाईजेप सिसि ६ एम्पुल, फेनरागन सिसि ६ एम्पुल, नुफिन सिसि ६ एम्पुल र ट्रमाडाल क्याप्सुल २३० वटा फेला परेको छ ।
पक्राउ परेका उनीहरुलाई तनहुँ जिल्ला अदालतमा उपस्थित गराई म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक अर्यालले बताए ।
विज्ञप्ती पढ्नुहोस् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया