काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले सरकारले एकपछि अर्को गर्दै संसदमा लज्जाजनक अवस्थाको सिर्जना गरेको बताए ।
आइतबार विद्येयकमाथिको छलफलमा प्रमुख सचेत गिरीले सांसदहरुलाई विधेयक अध्ययन नै गर्न नदिएर सदन र जनतालाई गुमराहमा राख्ने काम सरकारले गरेको आरोप लगाए ।
उनले भने ‘ सरकारको चरम लापारवाही र गैर जिम्म्ेवारीको कारणले गर्दा सुरुमै ५ मिनेटको लागि स्थगित भन्नु पर्ने स्थिति आयो । यो भन्दा लज्जाजनक अवस्था केही पनि हुन सक्दैन । ताजा जनादेश ७ महिना वितीसक्दा पनि नेपाली जनताले प्रश्न उठाईरहको अवस्थामा मलुकी संघीयता सम्बन्धि नेपाल ऐनलाई संशोधन गर्न बनेको २०८० पेश हुँदै छ।
आज हामी पहिले ऐन निमार्ण गर्ने प्रकृयामा पनि यति धेरै हतार गरेर सिङगो संसदलाई गुमराहमा राख्ने हिसावले संसदलाई विद्येयक अध्ययन गर्नै नदिने गरि पेश गरिंदैछ । सरकारले यस्तो लापारवाही हिसावले जनता र सदनलाई गुमराहमा राख्ने हिसावले अगाडि बढ्ने कुचेष्टा नगरोस । ’
प्रमुख सचेतक गिरीले धारणा राखेपछि प्रतिनधि सभा बैठक १५ मिनेटको लागि स्थगित भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया