प्राविधिक समस्या देखिएपछि धनगढी उडेको श्री एयरको जहाज काठमाडौं फर्काइयो

लोकपथ
0
Shares

काठमाडौं । काठमाडौंबाट धनगढी उडेको श्री एयरलाइन्सको जहाज प्राविधिक समस्याका कारण काठमाडौं फर्किएको छ ।

श्री २२५ उडान नम्बरको जहाज शनिबार अपरान्ह ३:३३ मा काठमाडौं विमानस्थलबाट उडेको थियो । हाइड्रोलिक फेल भए पछि जहाज काठमाडौं फिर्ता भएको त्रिभुवन विमानस्थल स्रोतले जनाएको छ ।

जहाज अवतरणपछि काठमाडौं विमानस्थलको ट्याक्सी वेमा अड्किएको थियो । त्यसलाई तानेर पार्किङ वेमा लगिएको छ भने धावनमार्ग खाली भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?