दश किलो चरेशसहित दुई भारतीय नागरीक पक्राउ

पर्सा । पर्साको वीरगन्जमा सोमबार बिहान लागुऔषध चरेशसहित दुई भारतीय नागरीक पक्राउ परेका छन्।

प्रहरीले भारतको रक्सौल बस्ने ३६ वर्षीय खुर्सेत अन्सारी र भारतकै उत्तर प्रदेश प्रतापगढ बस्ने २३ वर्षीय महमद मिहिनोदिनलाई पक्रउ गरेको हो । 

इनर्वास्थित प्रहरी चौकीबाट खटिएको चेकिङ टोलीले नेपालबाट भारततर्फ जाँदै गरेका बेला उनीहरूलाई वीरगन्ज महानगरपालिका १६, शंकराचार्य गेटबाट पक्राउ गरेको हो।

यस विषयमा थप छलफल भइरहेको प्रहरीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?