काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पशुपति मन्दिर परिसरमा पुगेर सुनको जलहरी चेकजाँच गरेको छ ।
तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारको निर्णय अनुसार राखिएको जलहरी निर्धारितभन्दा कम तौलको भएको भन्दै विवाद भएको थियो ।
सुन राखेर जलहरी बनाइएको उजुरीपछि अख्तियारले अनुसन्धान थालेको थियो । नेपाली सेनाको २४ घण्टे पहरामा बनाइएको जलहरीको वास्तविक तौल पत्ता लगाउन अख्तितयारको अनुसन्धान टोली केहीबेरअघि पशुपतिनाथ पुगेर अनुसन्धान थालेको हो ।
आइतबार अख्तियारको टोली पशुपति जाने भएसँगै सुरक्षा व्यवस्था कडा पारिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया