पक्राउ परेका कलाकार र युट्युबरलाई ४ दिन हिरासतमा राख्न अनुमति

लोकपथ
637
Shares

काठमाडौं । अनलाइन बेटिङमा संलग्न भएको अभियोग लागेर पक्राउ परेका ५ कलाकार र ३ जना युट्युबरलाई ४ दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले उनीहरुलाई अदालतमा उपस्थित गराएपछि अदालतले उनीहरुलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बिहीबार कलाकारहरु राजु पौडेल (राजु मास्टर), मरिचमान श्रेष्ठ (बल्छी ध्रुवे), भटभटे माइला (बेगम नेपाली), पवन खतिवडा (म्याकुरी) र सरोज घिमिरे तथा युट्युबर अलिस राई, जलन घर्ती मगर र गणेश देवकोटालाई पक्राउ गरेको थियो ।

उनीहरुले बेटिङलाई प्रमोशन गरेको आरोप प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?