हाजिर गरेर कार्यालयबाट कर्मचारी बाहिरिने गुनासोपछि सिंहदरबारको दक्षिण गेटमा छड्के अनुगमन

लोकपथ
119
Shares

काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले सिंहदरबारमा छड्के अनुगमन गरेको छ । कर्मचारीहरु हाजिर गरेर कार्यालयबाट बाहिरिने गरेको गुनासो पछि केन्द्रले सिंहदरबार दक्षिण गेटमा छड्के अनुगमन गरेको हो ।

राष्ट्रिय सतर्कता केन्द्रका सूचना अधिकारी हरिप्रसाद शर्माले कार्यालय समयमा कर्मचारीहरु नहुने गरेको गुनासो आएपछि अनुगमन गरेको बताए । अनुगमनमा खटाइएको टोलीले रिपोर्ट दिएपछि आवश्यक निर्णय लिइने सूचना अधिकारी शर्माले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?