त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै गोली चल्यो, एक जना घाइते

लोकपथ
1.1k
Shares

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै रहेको सम्भु मार्गमा गोली चलेको छ ।

लागूऔषध कारोबारीलाई नियन्त्रण गर्ने क्रममा लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले गोली चलाएको हो।

लागूऔषधका कारोबारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीमाथि गोली चलाएपछि प्रहरीले जवाफी फायरिङ गरेको ब्यूरोका प्रहरी उपरीक्षक (एसपी) चक्रराज जोशीले लोकपथलाई जानकारी दिए ।

‘लागूऔषध कारोबारीलाई नियन्त्रण गर्ने क्रममा एक व्यक्तिमाथि गोली चलाएको हो । उनले भने ।

प्रहरीले चलाएको गोली उक्त व्यक्तिको घुँडामुनि लागेको छ । गोली लागेका घाइतेलाई हाल उपचारका लागि अस्पताल सिनामंगलस्थित केएमसी अस्पताल लगिएको छ ।

गोली लागेका घाइतेको साथबाट केही लागू औषध पनि बरामद गरिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?