माधव नेपालको चेतावनी : ‘बरु सरकार छोड्छौँ, बजेट पास हुन दिन्नौँ’

लोकपथ
63
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले यथास्थितीमा बजेट पास हुन नदिने भन्दै कटाक्ष गरेका छन् ।

शुक्रबार काठमाडौंमा भएको पार्टी निकट समाजवादी प्रेस संगठनको पहिलो केन्द्रीय अधिवेशनलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

अहिलेको बजेट अन्यायपूर्ण रहेको बताउँदै अध्यक्ष नेपालले यथास्थितीमा बजेट पास भए त्यसले आगामी दिनमा गलत नजिर बस्ने समेत जिकिर गरे ।

‘यही अवस्थामा, यही यथास्थितिमा बजेट पास हुँदैन । हामी प्रतिपक्षको सांसद भएर होइन, सत्ता पक्षकै भएर पनि यही यथास्थितिमा यो बजेट पास हुन दिँदैनौँ ।’ अध्यक्ष नेपालले भने, ‘अब कुनै पनि ठाउँमा हामी विभेद, अन्यायको बिरुद्धमा लड्नेछौँ । सरकार छोड्नपरे परोस्, यो अन्याय सहनु हुँदैन,’ उनले भने ।

त्यसो त सोही कार्यक्रममा बोलेका पूर्व मुख्यमन्त्री समेत रहेका एकीकृत समाजवादीका उपाध्यक्ष एवं सांसद राजेन्द्र पाण्डेले पनि पहुँचका आधारमा बजेट वितरण गरिएको भन्दै कटाक्ष गरे । उनले प्रधानमन्त्रीको निर्वाचन क्षेत्र गोरखा, अर्थमन्त्रीको गृहजिल्ला नुवाकोट र सत्तारुढ गठबन्धनको सबैभन्दा ठूलो दलका नेता शेरबहादुर देउवाको जिल्ला डडेल्धुरामा बढी बजेट गएको भन्दै कटाक्ष गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?