नागरिकता विधेयक प्रमाणीकरणविरुद्धको रिटमा पेशी तोकियो

लोकपथ
322
Shares

काठमाडौं । नागरिकता विधेयक प्रमाणीकरणको विरुद्ध परेको रिटको पेशी तोकिएको छ ।

सर्वोच्चका न्यायाधीशद्वय सुष्मालता माथेमा र प्रकाशमान सिंह राउतको संयुक्त इजसालमा पेशी तोकिएको हो ।

गत जेठ १७ गते राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयक संविधानको मर्म र भावना विपरित रहेको भन्दै रिट परेको थियो । वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र अधिवक्ता बालकृष्ण न्यौपानेले उक्त नागरिकता ऐन संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण नगर्न भन्दै रिट दर्ता गराएका थिए ।

उक्त रिटमा जेठ १९ गते नै न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले अल्पकालिन अन्तरिम आदेश जारी गर्दै कार्यान्वयन नगर्न आदेश जारी गर्दै अन्तरिम आदेशका लागि छलफल गर्न बोलाइएको थियो ।

यसअघिको सरकारले सिफारिस गरेको विधेयक वर्तमान राष्ट्रपतिले प्रमाणीकरण गरेको भन्दै त्यसको विरुद्धमा रिट परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?