यतिबेला नेकपा एमालेमा ७० वर्षे उमेर हद हटाउने विषयमा राजनीतिक वृत्तमा विश्लेषण भइरहेको छ । अन्य पार्टी वा एमालेबाट फुटेर गएको एकीकृत समाजवादीबाट पुनः माउ पार्टीमा फर्किन चाहनेहरुका लागि सहज बनाउन उक्त प्रावधान हटाइएको नेताहरुले प्रतिकृया दिइरहेका छन् । तर एकातिर हेर्दा एमालेमा फर्किन चाहनेहरुलाई सहज हुने देखिए पनि अहिलेको नेतृत्वलाई पुनः पार्टीमै हालिमुहाली गरिरहन उक्त हटाइएको प्रावधानले सहज बनाउने देखिन्छ ।
आन्दोलनको आवश्यकता र समयको मागका कारण आजको परिस्थितीमा उक्त विधान निलम्बन गरिएको एमालेका उपमहासचिव प्रदिप ज्ञवालीको तर्क छ । Lokpath tv सँगको कुराकानीमा उनले सो कुरा बताएका हुन् । यसले पुस्तान्तरणमा नै असर गर्ने देखिन्छ भन्ने प्रश्नमा उनले अहिले आइरहेका विषयहरु अनुमानका विषय मात्रै भएको दाबी गरे ।
‘आन्दोलनको आवश्यकता र मुलुकको मागले तय गर्ने हो । यो ढंगको स्थिती निर्माण नभएको भए । आन्दोलनमाथि चौतर्फी घेराबन्दी नभएको भए हाम्रो पार्टीमा सहज ढंगले नेतृत्व हस्तान्तरण हुँदै जान्थ्यो ।’ ज्ञवालीले भने, ‘पार्टी निर्माणमा खटिनुभएका पसिना बगाउनु भएका र पार्टी विभाजनको बहकावमा गलत धारमा जोडिनुभएका नेताहरुलाई आउन सजिलो होस् भन्नका लागि हामीले त्यो प्रावधान ल्याएका हौँ ।’
त्यस्तै युवापुस्ताले पार्टीको नेतृत्व गर्न चाहे उक्त नयाँ प्रावधानले कुनै पनि असर नगर्ने दाबी समेत गरे ।
‘यदी सक्षम छन् भने नयाँ पुस्ताको नेतृत्वको लिनका लागि यो विषयले कुनै अवरोध गर्दैन ।’ उनले भने ।
यो प्रस्ताव आगामी महाधिवेशनबाट मात्रै लागू हुने र अहिले विधान महाधिवेशन पारित नगर्ने बेलासम्म छलफलको विषय मात्रै भएको समेत दाबी गरे ।
‘यो प्रस्ताव आगामी महाधिवेशनबाट लागू हुने गरी विधान महाधिवेशनले स्वीकृती दिएपछि मात्रै यसको वैधता कायम हुने हो । महाधिवेशनले मात्रै विधान पारित गर्न सक्ने भएकाले अहिलेका छलफलहरु प्रस्ताव जस्तै मात्र हुन् ।’ उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया