काठमाडौं । बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो साढे १ बजेका लागि सारिएको छ ।
सभामुख देवराज घिमिरेसँग अहिले सत्ता पक्ष र प्रतिपक्षी दलका सचेतक तथा प्रमुख सचेतकहरुले छलफल गरिरहेका छन् ।
आजको बैठकमा विनियोजन विधेयकमाथि छलफल गर्ने कार्यसूची रहेको थियो । तर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहितका दलहरुले विभिन्न विषयमा छलफल गर्नुपर्ने भन्दै बैठक स्थगित भएको थियो ।
जारी छलफलमा संसदको गतिरोध कसरी हटाउने भन्ने विषयमा छलफल भइरहेको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले लोकपथलाई जानकारी दिए ।
‘अहिले सत्ता पक्ष र प्रतिपक्षी दलका सचेतक तथा प्रमुख सचेतकहरुसँग छलफल जारी रहेको छ । जारी छलफलमा संसदको गतिरोध अन्त्यका लागि कसरी अघि बढ्न सकिन्छ भन्ने छलफल कुराकानी चलिरहेको छ ।’ अधिकारीले लोकपथसँग भने ।
त्यसो त यसअघि सोमबार पनि सभामुखसँग दलका सचेतक तथा प्रमुख सचेतकहरुले छलफल गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया