सिन्धुपाल्चोक । पुर्व कानुनमन्त्री तथा प्रतिनिधिसभासदस्य शेर बहादुर तामाङले शिक्षाविना विकसित समाजको परिकल्पना गर्न नसकिने बताएका छन् ।
विहिवार सिन्धुपाल्चोकको जनजागृति माध्यमिक विद्यालयको स्वर्ण महोत्सव तथा १२ औ अभिभावक दिवशको अवसरमा बोल्दै तामाङले उक्त धारणा राखेका हुन् ।
भुकम्पपछि जिल्लाका प्राय धेरै विद्यालयमा भवन तथा अन्य भौतिक सामाग्रीको आवश्यकता रहेको इंकित गर्दै तामाङले भने केहीसमय कहीकतै अभाब भएपनि जसरीपनि जिल्लामा शैक्षिक सस्थालाई पूर्वाधारले सम्पन्न बनाइनेछ ।
आफुले मन्त्रीपदमा रहदा न्यायिक क्षेत्रलाई सुधारको बाटोमा लैजान खौज्दा आफैमाथी प्रहार भएको स्मरण गर्दै तामाङले भने नियत सफा भएपनि नियतिपनि एकदिन तर्सिन्छ ।
उनले देशका ठुला ठुला ब्यक्ति नै सस्थागत भ्रष्टाचारमा संलग्न रहेकाले ति ब्यक्तिहरुलाइ कारबाहिको दायरामा ल्याउने गरि आफुले कानुन बनाउन खोज्दा पद नै त्याग गर्नुपर्ने परिस्थिती सिर्जना भएको उल्लेख गरे ।
कार्यक्रममा ३ नम्बर प्रदेशका प्रदेशसभा सांसद इन्द्रमाया गुरुङ, मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्याल लगायत स्थानीय राजनीतिक दल तथा अभिभावकको उपस्थिती रहेको थियो ।
सो विद्यालयमा अहिले १२ कोठाका दुईओटा भवन रहेको र निकट भविष्यमा नै अर्को भावनसहित प्रविधियुक्त विद्यालय निर्माणमा लागिपरेको स्थानीय समाजसेवी कुमार पाण्डेले जानकारी दिए ।
कार्यक्रममा विद्यालयलाई जग्गा दाना गर्नेदेखी विभिन्न तह र तप्काबाट सहयोग गर्नेलाई सम्मान गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया