मोदीबाट सीमा समस्या समाधान गर्ने स्पष्ट जवाफ आएको छ : प्रधानमन्त्री प्रचण्ड

लोकपथ
84
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल भारतबीचको सीमा समस्या समाधान हुने विश्वास व्यक्त गरेका छन् ।

भारत भ्रमणका विषयमा आज प्रतिनिधि सभालाई जानकारी गराउँदै प्रधानमन्त्री प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सीमा समस्याका विषयमा स्पष्ट जवाफ दिएको बताए ।

यसअघि पनि विभिन्न समयमा सीमा समस्याका विषयमा भारतीय पक्षले कुरा उठाए पनि अहिले प्रधानमन्त्री मोदीले स्पष्ट जवाफ दिएको प्रतिक्रिया दिए ।

‘सीमा सम्बन्धी विषयमा गम्भीर छलफल भएको छ । सीमा सम्बन्धी विषयलाई स्थापित कुटनैतिक संयन्त्र मार्फत् भारतका प्रधानमन्त्रीलाई मैले गम्भीर ढंगले आग्रह गरेको छु । यहाँहरुलाई थाह नै छ । प्रधानमन्त्री मोदीले पनि संयुक्त प्रेस मिटको अवसरमा सीमा लगायत सबैसमस्या समाधान गरिनेछ भनेर स्पष्ट शब्दमा राख्नुभएको छ । लामो समयपछि भारतीय प्रधानमन्त्रीबाट सीमासम्बन्धी विषयमा आएको यो पहिलो र सकारात्मक अभिव्यक्ति हो ।’ उनले भने ।

त्यस्तै भारतीय प्रधानमन्त्री मोदीसँग हैदरावाद हाउसमा अहिलेसम्मकै महत्वपूर्ण भ्रमण भएको दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?