नागरिकता विद्येयक प्रमाणीकरण र सीमानाका विषयमा प्रधानमन्त्रीले प्रष्टिकरण दिने

लोकपथ
70
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विविध विषयमा आफूमाथि उठेका सवालको प्रष्टिकरण दिने भएका छन् ।

प्रधानमन्त्री प्रचण्डले निश्किृय नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिलाई गरेको सिफारिस र फुलवारी बन्दरगाह प्रयोग गर्न लिपुलेकको नेपाली जमिन सट्टापट्टा गर्न सकिने भनेर दिएको अभिव्यक्तीबारे प्रष्टिकरण दिने भएका छन् ।

नेकपा एमाले लगायतका विपक्षी दलले नागरिकता प्रमाणीकरणको प्रक्रिया र प्रधानमन्त्रीले भारत भ्रमणका क्रममा जमिन सट्टापट्टाबारे दिएको अभिव्यक्तिको विरोध गर्दै आइतबारको संसद बैठक अबरुद्ध गरेका थिए ।

नागरिकता विधेयक सच्चाउनुपर्ने र जमिन साटफेर गर्ने अभिव्यक्ती फिर्ता लिएर माफी माग्नुपर्ने विपक्षीहरुको अडान छ ।

सोमबारको संसद बैठकअघि बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रधानमन्त्रीले प्रस्टिकरण दिनेबारे छलफल हुनेछ । सभामुख देवराज घिमिरेले संसदमा भइरहेको अबरोध खुलाउन प्रमुख सचेतकहरुसँग छलफल गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?