करेन्ट लागेर दुवै हात र बायाँ खुट्टा गुमाएका कृष्ण ओलीलाई १५ लाख रुपैयाँ सहयोग उपलब्ध गराइएको छ।
दक्षिण कोरियामा रहेका नेपालीको सक्रियतामा जम्मा भएको १३ लाख ४६ हजार २ सय ८९ र अन्नपूर्ण मिडिया नेटवर्कको तर्फबाट थप गरी १५ लाख रुपैयाँ शुक्रबार हस्तान्तरण गरिएको हो।
स्थानीय हाइड्रोपावरमा ओभरसियरका रूपमा कार्यरत ओलीलाई हाइटेन्सन लाइन जडान गर्ने क्रममा करेन्ट लागेपछि दुवै हात र बायाँ खुट्टा गुमाउनुपरेको छ। श्रीमती रुपा ओलीले बलियो साथ पाएका ओलीको पीडाबारे सामाजिक सञ्जालमा चर्चा भयो। तत्पश्चात् देश विदेशमा बस्ने नेपालीहरुले सहयोगी हात अघि बढाएका हुन् ।
दक्षिण कोरियामा रहेका नेपालीले सहयोग अभियानबाट संकलित रकम हस्तान्तरणका लागि शुक्रबार अभियन्तासहित एपीवान कार्यकक्षमा उपस्थित हुँदा कृष्ण ओली खुसी र भावुक देखिएका थिए ।
उनले सबैलाई आभार व्यक्त गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया