काठमाडौं – प्रमुख विपक्षी कांग्रेसको अवरोध र होहल्लाबीच प्रतिनिधिसभाबाट चिकित्सा शिक्षा विधेयक बहुमतले पारित भएको छ। रोस्ट्रम घेराउ, नाराबाजी र होहल्लाबीच शुक्रबार विधेयकलाई प्रक्रियामा लगिएको थियो। यसबाट संसदीय प्रणालीमा बलजफ्ती विधेयक पारित गर्ने अर्को नजिर स्थापित भएको छ।
आफ्ना नेताद्वय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा स्थापना भएका अस्पताललाई संघीय सरकारअन्र्तगत मान्यता दिनुपर्ने भन्दै कांग्रेसले संसद् अवरोध गरेको थियो। सभामुख कृष्णबहादुर महराले बहुमत सदस्यको समर्थनमा विधेयक पारित भएको घोषणा गरे। कांग्रेसले भने संसदीय मर्यादा मिचेर विधेयकलाई निर्णयमा लगेको भन्दै सभामुख र सत्तापक्षसँग आक्रोश पोखेको छ।
उसले अनसनरत डा. गोविन्द केसीसँगका सम्झौताअनुसार मात्र चिकित्सा विधेयक पारित गर्नुपर्ने अडान राख्दै आएको थियो। उक्त पार्टीले यसअघिका दुई वटा बैठकमा पनि विधेयक पारित हुन सकेको थिएन। अन्नपूर्ण पाेस्ट दैनिकमा खबर छापिएकाे छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया