विदेशबाट फर्किंदा ल्यापटप, मोबाइल बढी ल्याए जफत गरिने

काठमाडौं । सरकारले झिटीगुन्टालाई थप प्रभावकारी रूपमा कार्यान्वयन गर्ने भएको छ । राजधानी दैनिकमा खबर छापिएकाे छ ।
 दुई वर्षअघि ल्याइएको झिटीगुन्टासम्बन्धी सूचना कडाइका साथ कार्यान्वयन गरिने भन्सार विभागका महानिर्देशक तोयम रायाले जानकारी दिए । सोही सूचनामा भएको व्यवस्थाअनुसार अहिले विभागले मदिरा ल्याउन कडाइ गरेको र कानुनी व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गर्ने बताउँदै महानिर्देशक रायाले भने, ‘अब ल्यापटप, मोबाइल पनि सूचनाअनुसार भन्दा धेरै आयात भएको भेटिए जफत गर्छौं ।’ अहिलेसम्म कानुनको प्रभावकारी कार्यान्वन नहुँदा समस्या देखिएको भन्दै उनले भन्सार विभागले त्यस्ता गतिविधिलाई अब नछाड्ने चेतावनी दिए ।

अब कानुनभन्दा धेरै केही पनि हुँदैन, कानुनअनुसारका कुनै पनि कुरा छाडिँदैन भन्दै उनले एउटा प्रज्ञापनपत्रबाट दुईवटा गाडी नछिर्ने दाबी गरे । उनले भन्सारमा गेट इन्ट्री मोडल कार्यान्वयन गरिएको भन्दै अब एउटै प्रज्ञापनपत्रबाट दुईवटा गाडी छिर्न नसक्ने बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?