माघ ११ गते दुनियाँमा दिनभर के के भए ? ट्रेन्डिङमा रहेको १८ समाचार एक क्लिकमा थाहा पाउनुहोस्

नमस्कार WWW.LOKPATH.COM अनलाईन न्यूज पोर्टलमा तपाईंलाई हार्दिक स्वागत छ ।

आज मिति २०७५ साल माघ ११ गते  देश दुनियाँमा के–के घटना भए ?  जान्नको लागि तलको लिंकमा क्लिक गर्नुहोस् र थाहा पाउनुहोस् ५ मिनेटमा देशभर भएका घटनाहरुमध्ये ट्रेन्डिङमा रहेको १८ घटनाहरु । 
यूट्युवमा गएर LOKPATH TV  टाईप गरी हाम्रा सम्पूर्ण समाचार मूलक, जानकारी मूलक मनोरञ्जनात्मक भिडियोहरु हेर्न सक्नुहुन्छ । अन्तमा लोकपथ टिभीलाई सब्स्क्राईब गर्न नबिर्सनुहोस् ।   

1.राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, अब के गर्छन् डा. केसी ?  : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका बीच राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पास भएको छ । शुक्रवार दिउँसो साढे दुई घण्टा ढिला गरी शुरु भएको बैठकले चिकित्सा शिक्षा विधेयक पास गरेको हो ।

 

2. कांग्रेसको अवरोधका बीच राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पास :  प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको अवरोधका बीच संघीय संसदको प्रतिनिधिसभाले ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक’ पारित गरेको छ । काँग्रेस सांसदहरुले नाराबाजी गरिरहेकै बेला सभामुख कृष्णबहादुर महराले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई सो विधेयक निर्णयार्थ पेश गर्न अनुमति दिनु भएको थियो । 

 

3. तानाशाही शैलीमा सरकारले चिकित्सा शिक्षा पारित गर्यो  – देउवा  _: काग्रेस सभापति शेरबहादुर देउवाले सरकारले तानाशाही शैलीमा चिकित्सा शिक्षा विधेयक २०७५ पारित भएको भन्दै सरकारको चर्को आलोचना गरेका छन् । 
शुक्रबारको संसद बैठकपछि प्रतिकृया दिदै सभापति देउवाले सभामुख कृष्ण बहादुर महराले विधेयक प्रस्तुत गर्ने क्रममा आफ्नो मर्यादा समेत भुलेको आरोप लगाए । 

 

4. नेविसंघको प्रदर्शनमा प्रहरीको हस्तक्षेप, महामन्त्री कुन्दन काफ्ले पक्राउ  : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघका महामन्त्री कुन्दन काफ्लेसहित केहि कार्यकर्ता पक्राउ परेका छन् । 
संसदबाट विधेयक पारितपछि संसद भवन अगाडि विरोध प्रर्दशन गरिरहेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

5. नेपाल–भारत जस्तो प्रगाढ सम्बन्ध विश्वको कुनै दुई देशबीच छैन – भारतीय राजदुत पुरी  : नेपालका लागि भारतीय राजदुत मञ्जिव सिंह पुरीले नेपाल–भारतबीचमा रहेको जनस्तरको सम्बन्ध विश्वको अरु कुनैपनि दुई देशबीच नभएको स्पष्ट पारेका छन् । उनले भने,‘भारत र नेपालबीचको सम्बन्ध बुवा, हजुरबुवादेखि लिएर भगवानसम्मको हो । द्धिपक्षीय सम्बन्ध प्राचिन सम्बन्ध हो ।’

6. सिंहदरबार अगाडी अनसन बस्ने तयारी, डा. केसीको पक्षमा अनसन बस्ने युवा को हुन् ? :  त्रिवि शिक्षण अस्पतालका प्राध्यापक डा. गोविन्द केसीको पक्षमा कैलालीका एक युवाले अनसन बस्ने तयारी गरेका छन् ।  कैलालीका विद्यार्थी खेम बहादुर मगर डा. केसीको पक्षमा अनसन बस्नका लागि १० दिन पहिला नै काठमाडौं आएको बताउँछन् ।

 

7. किन स्कुल जान मान्दैनन् बालबालिका ? जेल बन्दै विद्यालय, कैदी बन्दै विद्यार्थी   : हिजोआज हरेक आमाहरुलाई आफ्ना बाबूनानीलाई स्कुल पठाउन निकै समस्या पर्ने गरेको छ यसको कारण रहेछ । 

 

8. इपिजीको प्रतिवेदन मधेशले सिधै अस्वीकार गर्छ  अनिल झा  :  राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य अनिल झाले मधेशले ईपिजीको प्रतिवेदनलाई सिधै खारेज वा इन्कार गर्ने चेतावनी दिए । उनले भने,‘ईपिजीमा एकजना पनि बोर्डरमा बस्ने मधेशी समूदायको मान्छे सहभागी थिएनन् । 

 

9. डा.थापाको प्रश्न : इपिजी प्रतिवेदन कहिले कार्यान्वन हुन्छ ? पूर्व परराष्ट्रमन्त्री, भारतका लागि नेपालका पूर्व राजदूत एवम् नेपाल–भारत प्रवुद्ध व्यक्ति समूह (इपीजी) का नेपाल तर्फका संयोजक डा. भेषबहादुर थापाले नेपाल–भारत प्रवुद्ध समुहले तयार पारेको प्रतिवेदन कार्यान्वयन गर्न दुवै देशलाई ध्यानाकर्षण गराएका छन् । 

 

10. योगेश भट्टराई विद्यार्थीको प्रश्नै–प्रश्न, संविधानको भाग ३ को धारा ३५ मा के लेखिएको ? : त्रिवि शिक्षण अस्पताका प्राध्यापक डा. गोविन्द केसीको माग पूरा गर्न दवाव दिँदै प्रदर्शमा उत्रिएका चिकित्सा शास्त्र अध्ययन गर्ने विद्यार्थीहरु पक्राउ परेका छन् ।  शुक्रवार दिउँसो नयाँ वानेश्वरमा प्रदर्शनमा उत्रिएका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुले नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का सांसद योगेश भट्टराईलाई प्रश्न सोधेका छन् ।   

 

11. घरमै बसेर मनग्गे कमाउने कुशमाया राईको भिडियो कथा, गाउँमा तान बुन्छिन्, शहरबाट अर्डर आउँछ : विकासका हिसाबले विकट मानिने खोटाङ र सोलुखुम्बुको सीमानाबाट धेरै टाढा छैन ओखलढुङ्गाको कुइबिर गाउँ । हिमालको पानी बोकेर सुसेुल्दै बग्ने दूधकोशी नदी वारपारका खोटाङ र ओखलढुंगा आसपासका गाउँका स्थानीयहरु यही कुइबिरको बाटो हुँदै सोलुखुम्बुको नेचा पुग्ने गर्छन् । कुशमाया राईको कथाले सबैको मन लोभ्याउँछ । 

12. डा. केसीको समर्थमा प्रहरी हस्तक्षेप, विवेकशीलका उज्वल थापासहित २५ नियन्त्रणमा
डा. गोविन्द केसीको समर्थन गर्दा विवेकशील नेपाली दलका संयोजक उज्वल थापा सहित २५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
शुक्रवार बिहान नयाँ वानेश्वरमा संसद भवन अगाडी प्रदर्शन गरेको उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएर नेपाल पुलिस क्लबमा राखेको छ । 

13. टीकापुर विमानस्थल  २१ वर्ष बित्दासम्म किन आएन सञ्चालनमा ? 
बन्द भएको २१ वर्षसम्म पनि टीकापुर विमानस्थल सञ्चालनमा आउन सकेको छैन । सशस्त्र द्वन्द्वका कारण वि.सं २०५४ देखि उडान बन्द भएको उक्त विमानस्थल सञ्चालनका लागि स्थानीयवासीले प्रयास गरे पनि सरोकारवाला निकायको बेवास्थाका कारण सञ्चालनमा आउन नसकेको हो ।  

14. पर्यटकीय गन्तव्यको रुपमा विकास हुँदै ठिनी, ‘होमस्टे’ सञ्चालनमा : मुस्ताङ पझोङ गाउँपालिका–५ स्थित ठिनीमा स्वदेशी तथा विदेशी पर्यटकको चहलपहल बढ्न थालेको छ । निलगिरि हिमालको फेदीमा रहेको ठिनीमा घरवास ‘होमस्टे’ सञ्चालनमा आएपछि त्यहाँ पर्यटकको चहलपहल बढ्न थालेको हो । ठिनीका १२ घरमा घरवास सञ्चालन भएको छ । 

15. जाजरकोटमा तीन दिनदेखि टेलिफोन सेवा अवरुद्ध :  जिल्लाको मछाइनामा रहेको नेपाल टेलिकमको रिपिटर टावरमा चट्याङ पर्दा जाजरकोटको टेलिफोन सेवा अवरुद्ध भएको छ । चट्याङले तीन दिनअघि मछाइनमा रहेको जिएसएम नमस्ते र स्काइ प्रविधिको टावरमा क्षति पु¥याउँदा जाजरकोट टेलिफोन सेवाबाट बञ्चित भएको हो ।

16. यस्तो आयो मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम  : विकास र सामाजिक दृष्टिकोणले पछाडि परेका पश्चिम नवलपरासीका तीन गाउँपालिकामा ‘मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम’ लागू भएको छ । प्रदेश नं ५ सरकारले प्रदेशका १२ वटै जिल्लामा सञ्चालन गर्न लागेको यो कार्यक्रमका लागि पश्चिम नवलपरासीमा छनोट भएका गाउँपालिकाले कार्यक्रम सञ्चालन हुने बस्तीको पहिचान गरी त्यहाँ सञ्चालन गरिने योजना पनि सिफारिस गरेका छन् । 

17. वाइडबडी खरिद प्रकरण :  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाइडबडी विमान खरिद प्रकरणबारे छानविन शुरु गरेको छ । 
अख्तियार स्रोतका अनुसार नेपाल वायुसेवा निगमको दुईवटा वाइडबडी विमान खरिद प्रकरणबारे प्रारम्भिक अनुसन्धानबाट उल्टै पश्न उठेपछि विस्तृत अनुसन्धान गर्ने निर्णय अख्तियारले गरेको हो । 

18. नेपाल युएईविरुद्धको पहिलो एकदिवसीय क्रिकेटमा पराजित :  संयुक्त अरब इमिरेट्स ‘युएई’विरुद्धको पहिलो एकदिवसीय क्रिकेटमा नेपाल पराजित भएको छ । दुबईस्थित आईसिसी क्रिकेट एकेडमीमा भएको पहिलो खेलमा नेपाल युएईसँग ३ विकेटले पराजित भएको हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?