काठमाडौं । चारदिने भारत भ्रमण सकेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज स्वदेश फर्किँदैछन् ।
प्रधानमन्त्री दाहालसहितको प्रतिनिधिमण्डल आज अपरान्ह स्वदेश फर्किन लागेका हुन् ।
प्रधानमन्त्री दाहाल आज अपरान्ह ४ः३० बजे नेपाल ओर्लिन लागेका हुन् ।
प्रधानमन्त्री नियुक्त भएसँगै गत बुधबार प्रधानमन्त्री प्रचण्ड पहिलोपटक भारत भ्रमणमा गएका हुन् ।
भ्रमणको दोस्रो दिन बिहीबार विभिन्न सम्झौतामा हस्ताक्षर भएको छ ।
प्रधानमन्त्री प्रचण्ड शुक्रबार मध्यप्रदेशको इन्दौर पुगेका थिए। इन्दौरमा विशेष आर्थक क्षेत्र तथा फोहोरमैला व्यवस्थापन केन्द्रको भ्रमण सकेर उनी आजै दिल्ली फर्कनेछन्।
दिल्लीबाट साढे चार बजे नेपाल एअरलाइन्सको विमानबाट स्वदेश फर्कनेछन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया