प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया अघि बढ्यो, १० दिनभित्र उजुरी गर्न आह्वान

लोकपथ
42
Shares

काठमाडौं । सर्वोच्च अदालतमा प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया अघि बढेको छ ।

यसअघि संवैधानिक परिषदले सिफारिस गरेको हरिकृष्ण कार्कीविरुद्ध उजुरीका लागि आह्वान गरिएको छ ।

आज सिंहदरबारमा बसेको संसदीय सुनुवाई समितिको बैठकले १० दिनभित्र कार्की विरुद्ध उजुरी गर्न आह्वान गरेको हो ।

समितिका जेष्ठ सदस्य पशुपति शमशेर जबराको अध्यक्षतामा बसेको बैठकले १० दिनभित्र लिखित वा इमेल मार्फत् उजुरी गर्न सकिने बताएको छ । उनीविरुद्ध उजुरी आह्वानका लागि गोरखापत्रमा सूचना प्रकाशन समेत गरिनेछ ।

तत्कालिन प्रन्या चोलेन्द्र शमशेर राणामाथि महाअभियोग लागेसँगै कार्की कामु प्रधानन्यायाधीशको रुपमा रहेका छन् ।

आजको बैठकमा जेष्ठ सदस्य पशुपति शमशेर राणासहित सभामुख देवराज घिमिरे, उपसभामुख इन्दिरा राना, तथा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सना लगायत समितिका सदस्यहरुको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?