धादिङ । धादिङमा घाँस काट्ने क्रममा भीरबाट लडेर आमाछोराको मृत्यु भएको छ ।
जिल्लाको बेनिघाट रोराङ गाउँपालिका वडा नं २ माझखर्क भन्ने ठाउँमा उक्त घटना भएको हो ।
सोमबार भीरबाट लडेर सोही ठाउँका १९ वर्षीया अप्सरा चेपाङ र उनको २ वर्षीय छोरा साजन चेपाङको मृत्यु भएको गाउँपालिका अध्यक्ष कृष्णबहादुर थपलियाले लोकपथलाई जानकारी दिए ।
‘घाँसकाट्ने क्रममा भीरबाट लडेर आमा छोराको मृत्यु भएकाृे हो ।’ उनले भने ।
त्यस्तै सोमबार पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएकी एक युवतीको शव भेटिएको छ । शनिबारबाट बेपत्ता भक्तपुरकी २४ वर्षीया रोमी शाह ठकुरीको शव गजुरी गाउँपालिकास्थित चालिसेमा फेला परेको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया