कोशी प्रदेश नामाकरण खारेजीको माग गर्दै प्रदर्शन, दर्जनौँ पक्राउ

लोकपथ
91
Shares

काठमाडौं । पहिचानका आधारमा प्रदेश नामाकरणको माग गर्दै प्रदेश नं १ आज पनि आन्दोलन जारी रहेको छ ।

कोशी प्रदेश नामकरण स्वीकार नहुने भन्दै पहिचानबादीहरुले आज प्रदेशको राजधानी विराटनगरमा प्रर्दशन गरिरहेका छन् ।

यसअघि शनिबार पनि प्रदेश नं १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले आन्दोलन गरेको थियो ।

आज पनि उक्त समूहले आन्दोलन गरिरहेको छ ।

आन्दोलनले उग्र रुप लिन थालेपछि प्रहरीले सुरक्षाव्यवस्थामा कडाई गरेको छ ।

सो क्रममा हालसम्म ३७ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ ।

निरन्तर आन्दोलन चर्किएपछि शनिबार दिनभर विराटनगरमा निषेधाज्ञा जारी गरिएको थियो ।

आन्दोलनका क्रममा प्रदर्शनकारीहरुले निषेधित क्षेत्र तोडेपछि दुई पक्षबीच झडप समेत भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?