राष्ट्रपतिले फर्काइदिए रेशम चौधरीलाई आम माफी दिने फाइल

लोकपथ
91
Shares
फाइल तस्बिर

काठमाडौं । राष्ट्रपति कार्यालयले रेशम चौधरीलाई आम माफी दिने प्रस्तावको फाइल फिर्ता पठाएको छ ।

शुक्रबार दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले उक्त फाइल कानुन नपुगेको भन्दै फिर्ता पठाएका हुन् ।

यसअघि सर्वोच्चले टिकापुर घटनाका दोषी ठहर गर्दै जेल सजाय सुनाएको थियो । तर सरकारले गणतन्त्र दिवसका अवसरमा उनलाई आम माफी दिने भन्दै प्रक्रिया अघि बढाइ गृहमन्त्रालयले प्रस्ताव राष्ट्रपति कार्यालय पठाएको थियो ।

आजै २०७२ साल भदौ ७ गते टिकापुरमा भएको नरसंहारमा मारिएका प्रहरी इन्सपेक्टर केशव बोहराकी पत्नी शारदा बोहराले आम माफी नदिन भन्दै राष्ट्रपति कार्यालयमा निवेदन दिएकी थिइन् ।

२०७२ सालमा थरुहट आन्दोलनको क्रममा टिकापुरमा ८ जना प्रहरीसहित १ बालकको समेत निधन भएको थियो । यसअघि कैलाली जिल्ला अदालत र दिपायल उच्च अदालतको फैसलालाई सदर गर्दै सर्र्वोच्चले जेल सजाय सुनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?