काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं सांसद रवि लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकाहरुको छानबिन गर्न विशेष संसदीय समिति बनाउन माग गरेका छन् ।
आज बसेको प्रतिनिधि सभाको शुन्य समयमा बोल्दै उनले सो प्रकरणमा मुछिएकाहरुको निष्पक्ष छानबिनका लागि विशेष समिति बनाउन माग गरे ।
त्यस्तै उनले उक्त प्रकरणमा मुछिएकाहरुलाई छानबिनको दायरामा ल्याउनका लागि समेत आग्रह गरेका छन् ।
‘भ्रष्टाचारका विषयलाई लिएर हामीले बारम्बार कुरा उठाउँदै आइरहेका थियौँ । तीन राजनीतिक दल खुसुरखुसुर बैठक बसेको कुरामा आपत्ति जनाउँदै आइरहेका थियौँ ।
आज कुनै रानजीतिक दल बाँकी रहेको छैन जो आरोप लाग्नबाट बाँकी रहेको होस् । त्यतिमात्र होइन राज्यका निकायहरुको नाम यसरी आइरहेको छ । राज्यका निकायहरुको नाम यसरी आइरहेको छ । त्यस्तो अवस्थामा त्यो कुनै अध्यारो कोठमा र कुनै गल्लीमा भइरहेको छैन । दिनदहडै दिनको उज्यालोमा प्रधानमन्त्री कार्यालयमा बालुवाटारमा मन्त्री क्वाटरमा, मन्त्री बस्ने सिंहदरबारमा लेनदेन भइरहेको विषय आइरहेको छ ।यहाँ मुछिएका मान्छेहरु हेर्नुहोस् यो राज्यमा हामीले कसलाई विश्वास गर्ने ? विश्वासको वातावरण बन्द भएको छ । यसका लागि संसदीय विशेष समिति बनाएर छानबिन गर्नुपर्ने हुन्छ । जुनजुन निकायहरु यसमा लागिरहेका छन् कसैको पनि विश्वास गर्ने वातावरण नभएकाले सम्माननीय सभामुखमार्फत् ध्यानाकर्षण गराउन चाहान्छु ।’ उनले भने ।
सो प्रकरणमा मुछिएकाहरुलाई कारबाही गर्न प्रधानमन्त्री र गृहमन्त्री डराएको भन्दै उनीहरुलाई कारबाहीको दायरामा ल्याउन आग्रह गरे ।
‘जस जसको नाम आएको तीनिहरुलाई छानबिनको दायरामा ल्याउन नहुने सोधपुछसम्म गर्न नहुनेगरी किन डराएको ? गृहमन्त्रीले मुटु दह्रो छ भन्नुभएको थियो प्रधानमन्त्रीले मुटु दह्रो छ भन्नुभएको थियो । उहाँको मुटु कहाँ गएर चेक गर्ने ? हामीले देखेका छौँ । हरेकलाई कारबाहीको दायरामा ल्याउनुपर्यो सोधपुछमा ल्याउनुपर्यो ।’ उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया