समयमा झुक्किए धवलशमशेर, सभामुखले सम्झाएपछि झस्किए !

लोकपथ
84
Shares

काठमाडौं । आइतबारबाट प्रतिनिधि सभामा सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमबारे छलफल भइरहेको छ ।

नीति तथा कार्यक्रमबारे आज पनि संसदमा छलफल भइरहेको छ ।

छलफलका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवलशमशेर जंगबहादुर राणा आफ्ना सुझाव दिएका छन् ।

सभामुख देवराज घिमिरेले नाम सुनाएपछि रोस्टममा पुगेका राणालाई ५ मिनेट दिएका थिए । राणाले संसदलाई सम्बोधन गरिरहँदा सभामुखले उनलाई समय सकिएको जानकारी गराए । रफ्तारमा आफ्नो धारणा दिइरहेका उनी एक्कासी झस्किए ।

‘बल्ल सरकारलाई चेत आयो हामीले गलत गरेको रहेछौँ । पञ्चायत टाइमका कलकारखानाहरु बेचेर खाएको रहेछौँ भन्ने बल्ल चेत आयो । र नयाँ र पुराना कारखाना ब्यूताउने कुरा…..’ राणा बोल्दै थिए । सभामुखले ‘माननीय सदस्य समय सकियो’ भनेपछि एक्कासी झस्किए । उनले सभामुखलाई ‘१० मिनेट भन्या होइन’ उनले प्रश्न गरे । सभामुखले ‘५ मिनेट यहाँको समय’ भन्दै उत्तर दिए । त्यसपछि केही अक्मकिएका राणाले ‘इन्फरमेसन गलत प्रवाह भएछ’ भन्दै रोस्टमबाट ओर्लिए ।

छलफलमा भाग लिँदै उनले सुकुम्बासी समस्या दीर्घकालिन समस्या समाधान गर्नुपर्ने बताए । यसअघि राजनीतिक दल र सरकारले आफ्ना कार्यकर्ताहरुलाई भर्ति गर्ने गरेको कारण समस्या गिजोलिएको टिप्पणी गरे ।

३० वर्षमा ३६ वटा सुकुम्बासी आयोग बनेको भन्दै अब कहिल्यै नआउनेगरी समस्या समाधान गर्नुपर्ने बताए ।

त्यस्तै वैदेशिक लगानी भित्र्याउनका लागि स्वदेशमा त्यसको वातावरण बनाउन समेत सुझाव दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?