प्रहरीले बुझायो नक्कली भुटानी शरणार्थी प्रकरणको प्रतिवेदन

लोकपथ
168
Shares

काठमाडौं । नेपाल प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा बुझाएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंले सोमबार दिउँसो प्रतिवेदन बुझाएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षब एसएसपी दानबहादुर कार्कीले लोकपथलाई जानकारी दिए । ‘परिसरबाट प्रतिवेदन पठाएका छौं अहिले पेश हुँदैछ ।’ उनले लोकपथसँग भने ।

प्रहरीले बुझाएको प्रतिवेदनलाई सरकारी वकिलले पनि अदालतमा पेश गर्नुपर्ने हुन्छ । सरकारी वकिलकार्यालयले पनि प्रतिवेदनलाई भोलि मंगलबार अदालतमा पेश गर्ने तयारी गरेको छ ।

प्रहरीले गत चैत १२ गतेदेखि नक्कली भुटानी शरणार्थी प्रकरण अनुसन्धान शुरु गरेको थियो । यस प्रकरणमा प्रहरीले हाइ प्रोफाइल नेतासहित १६ जनालाई पक्राउ गरेको छ। यस्तै यस प्रकरणमा संलग्न १२ जना भन्दा बढी फरार रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?