काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं सांसद राजेन्द्र लिङ्देनले नीति तथा कार्यक्रमले प्राथमिकता प्रष्ट पार्न नसकेको टिप्पणी गरेका छन् ।
नीति तथा कार्यक्रममाथि छलफलका लागि बसेको सोमबारको बैठकमा बोल्दै उनले सो कुरा बताएका हुन् ।
‘आगामी संकटलाई हामी कसरी सामना गरेर अघि बढ्छौँ भन्ने कुरा समेटिनुपर्ने थियो । यो नीति तथा कार्यक्रम सामान्य अवस्थामा ठिकठाक अवस्थामा ल्याउने जस्तो छ । धेरै कुराहरु प्रस्ट छैन । प्राथमिकता के हो भन्ने प्रस्ट पार्न सकेको छैन ।’ लिङ्देनले भने, ‘हामीले ल्यायौँ हामी पास गर्छौँ । हामी ताली ठटाएर पास गर्छौँ त्यो भन्न पाउनुहुनेछ । पास गर्न पाउनुहुन्छ । मैले अस्ति मात्रै भनेको थिए । देश तपाईहरुको मात्र होइन । सरकारमा बस्नेका मात्र होइन । यो देश बिग्रिँदाखेरी तपाईंको मात्र बिग्रिदैँन देश हाम्रो पनि बिग्रिन्छ मात्र होइन भावी सन्ततीहरुको आउने पुस्ताहरुको भविष्य बिग्रिन्छ । उनीहरुको देश बिग्रिन्छ ।’
त्यस्तै नीति तथा कार्यक्रमले अवस्थालाई समेट्न नसकेको टिप्पणी गरे । त्यसैगरी उनले नीति तथा कार्यक्रम परम्परागत शैली भएको भन्दै त्यसले देशको आर्थिक संकटलाई निर्मुल पार्न नसक्ने दाबी गरे ।
‘अहिले देशको अवस्था सामान्य अवस्था होइन । अहिले देशले र दुनियाँले भोगिरहेको समस्या सामान्य होइन । त्यसलाई हाम्रो परम्परागत शैलीले, परम्परागत सोच र संरचनाले देशको आर्थिक संकटलाई सामना गर्न सक्दैन ।’ उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया