आफ्नै शरीरमा आगो लगाएकी महिलाको उपचारका क्रममा मृत्यु

लोकपथ
133
Shares

काठमाडौं । काठमाडौंको चन्द्रागिरिमा एक महिलाले आफ्नै शरीरमा आगो लगाएर आत्महत्या गरेकी छिन् । चन्द्रागिरि नगरपालिका-९ मच्छेगाँउ बस्ने ३६ वर्षीया शान्ति श्रेष्ठले आगो लगाएर आत्महत्या गरेकी हुन् ।

श्रेष्ठले शुक्रबार दिउँसो पौने ३ बजे पेट्रोल छर्केर आफैँलाई आगो लगाएकी जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

आगो लागेपछि कोठा अगाडिको सडकमा आएपछि स्थानीय र प्रहरीले उद्धार गरेका थिए । उपचारका क्रममा कीर्तिपुर अस्पतालमा आज शनिबार बिहान मृत्यु भएको हो ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?