मधेशमा जसपा नेतृत्वकै सरकारलाई निरन्तरता दिने सहमति

लोकपथ
28
Shares

काठमाडौं । मधेश प्रदेश सरकारको नेतृत्वमा जसपालाई नै निरन्तरता दिने सहमति भएको छ ।

आज बसेको गठबन्धनको बैठकले सो निर्णय गरेको हो ।

केन्द्रमा आएको राजनीतिक बदलावका कारण त्यसको असर प्रदेशमा समेत परेको थियो । यसअघि कांग्रेसले मधेश प्रदेशको नेतृत्व आफूहरुले गर्नुपर्ने दाबी गर्दै आइरहेको थियो । पावर सेयरिङ गर्ने र आफूले पहिले सत्ताको नेतृत्व गर्नुपर्ने कांग्रेसको माग रहेको थियो । आजको बैठकले अहिले जसपा नेतृत्वकै सरकारलाई निरन्तरता दिने निर्णय भएको एक नेताले जानकारी दिए ।

आजको बैठकमा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव, लोसपाका अध्यक्ष महन्थ ठाकुरसहित मधेशवादी दलका अन्य नेताहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?