नक्कली भुटानी शरणार्थी प्रकरण : हालसम्म को–को पक्राउ परे ? (नामावलीसहित)

लोकपथ
70
Shares

काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने प्रकरणमा मुछिएकाहरु पक्राउ पर्नेक्रम जारी रहेको छ ।

हालसम्म १६ जना पक्राउ परिसकेका छन् । भने दुई जनाविरुद्ध पक्राउ पुर्जी जारी भएर पनि फरार रहेका छन् । प्रतिक थापा र निरज राई फरार रहेका हुन् ।

बिहीबार मात्रै २ जनालाई प्रहरीले पक्राउ गरेको छ । जसमा हज समितिका अध्यक्ष शमशेर मियाँ र भुटानी शरणार्थीहरुका नेता टेकनाथ रिजाल रहेका छन् ।

यसअघि नै पूर्व दुई गृहमन्त्रीहरु पक्राउ परिसकेका छन् । नेपाली कांग्रेसका नेता एवं पूर्व गृहमन्त्री बालकृष्ण खाँण र एमाले सचिव समेत रहेका पूर्व गृहमन्त्री टोपबहादुर रायमाझी रहेका छन् । भने तत्कालिन गृहसचिव टेकनारायण पाण्डे समेत पक्राउ परेका छन् । यसअघि पक्राउ परेकाहरुको बयानका आधारमा अन्यलाई पक्राउ गर्दै लगेको हो । भने अन्य समेत पक्राउ पर्नसक्ने प्रहरीको अनुसन्धानले देखाएको छ ।

यी हुन् पक्राउ पर्नेहरु :

१. टोपबहादुर रायमाझी – तत्कालीन उपप्रधानमन्त्री
२. बालकृष्ण खाँण – पूर्वगृहमन्त्री
३. टेकनारायण पाण्डे – बहालवाला सचिव (तत्कालीन गृहसचिव)
४. इन्द्रजित राई – तत्कालीन गृहमन्त्री बादलका सुरक्षा सल्लाहकार
५. आङटावा शेर्पा – तत्कालीन सभासद
६. शमशेर मियाँ – नेपाल हज समितिका अध्यक्ष
७. टेकनाथ रिजाल – भुटानी शरणार्थी नेता
८. सन्दीप रायमाझी – तत्कालीन उपप्रधानमन्त्री टोपबहादुर रायमाझीका छोरा
९. नरेन्द्र केसी – पूर्वगृहमन्त्री बालकृष्ण खाँणका पीए
१०. केशव दुलाल – बिचौलिया (तत्कालीन उपप्रधानमन्त्री सुजाता कोइरालाका पीए)
११. गोविन्द चौधरी – बिचौलिया
१२. रामशरण केसी – बिचौलिया
१३. सागर थुलुङ – बिचौलिया
१४. टंक गुरुङ – बिचौलिया
१५. सन्देश शर्मा पोखरेल – बिचौलिया
१६. सानु भण्डारी – बिचौलिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?