काठमाडौं। भुटानी शरणार्थीका नेता टेकनाथ रिजाललाई प्रहरीले पक्राउ गरेको छ ।
नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउनेसम्बन्धी ठगी कार्यमा उनले समेत मिलेमतो गरेको लागेपछि प्रहरीले उनलाई आज सोधपुछका लागि बोलाइको थियो । सोही अनुसार जिल्ला प्रहरी परिसर काठमाडौंमा पुगेका रिजाललाई प्रहरीले नियन्त्रणमा लिएको उपत्यका प्रहरी कार्यालयका एआईजी श्याम ज्ञवालीले जानकारी दिए ।
यसअघि भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका मोरङका सागर राईले रिजाललाई समेत मुछेका थिए । उनले बयानका क्रममा रिजाललाई ७ लाख रुपैयाँ दिएको दाबी गरेका थिए ।
त्यस्तै आजै प्रहरीले सो प्रकरणमा मुछिएका हज संघका अध्यक्ष शमशेर मिँयालाई प्रहरीले पक्राउ गरेको छ । बुधबार सोही प्रकरण्मा मुछिएका १४ जनालाई थप तीन दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया